अनसन बस्न सुटुक्क इलाम पुगेका डा केसी अलमलमा

अनसन बस्न सुटुक्क इलाम पुगेका डा केसी अलमलमा

काठमाडौं, २३ पुष ।  अनसन बस्न सुटुक्क इलाम पुगेका डा केसी अलमलमा अनशन बस्नका लागि सुटुक्क इलाम पुगेका डा गोविन्द केसी दोधारमा परेका छन् । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ

हाडजोर्नी विशेषज्ञ डा केसी अस्पतालको बहिरंग विभाग (ओपीडी) मा बसेर बिरामी जाँच्ने कि १६ औं अनसन बस्ने भन्ने द्विविधा भएको छ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको उप समितिबाट सरकारसँग आफूले गरेको संझौता विपरित चिकित्सा विधेयक पारित

भएको आक्रोश व्यक्त गर्दै अबिलम्ब सच्याउन माग गरेका छन्। उनले अनशन बस्ने भन्दै सुटुक्क इलाम पुगेका थिए । इलाम पुगेका डा केसी मोवाइल समेत अफ गरेर बसेका थिए ।

सोमबार पत्रकार सम्मेलनमा उनले भने, पुष २५ गतेसम्मका लागि अनसन सारेको थिएँ, तर प्रतिवेदन नसच्चिए दिएको समयसीमा भन्दा अगाडि नै अनसन गर्न बाध्य हुनेछु।

विधेक अघि बढाउने क्रममा संसदीय उप समितिमा तथाकथित साम्यवादी शीर्षस्थ नेताहरु र सांसदहरुले चलखेल गरेर माफियामूखी बुँदा

राख्दै पारित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको उनले बताए।

डा।केसीले सोमबार बिहान सिन्धुलीका टंकबहादुर श्रेष्ठका खुट्टाको अप्रेशन गरेका थिए। त्यसपछि चिकित्सा विधेयकको शिक्षा तथा स्वास्थ्य

समितिमा छलफलका क्रममा रहेकाले उनले सच्चिने समयका लागि अनसन रोक्ने बताए।

अस्पतालमा रहेका डा। केसीलाई एक नर्सले ओपीडीमा पस्नुहुन्छ डा।सावरु भन्ने प्रश्न गर्दा डा। केसीले जवाफ फर्काए ओपीडीमा बस्ने कि

अनसन बस्ने सोचिरहेको छु।ु

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment