कुहिने फोहोर महानगरले किन्ने

कुहिने फोहोर महानगरले किन्ने

ललितपुर । कुहिने फोहोर महानगरले किन्ने पुल्चोक लाछी टोलमा बस्ने काभ्रेका काइला तामाङको होटलबाट दैनिक दुई केजी फोहोर निस्कन्छ ।

महानगरको फोहोर संकलन गर्ने गाडी चोकचोकमा नआउने गरेकाले उनलाई फोहोर व्यवस्सथापन गर्न हम्मेहम्मे पर्ने गरेको छ ।

ललितपुर महानगरपालिकाले घरमा उत्पादन हुने कुहिने फोहोर खरिद गर्ने घोषणा गरेपछि अहिले उनी मख्ख छन् ।

भन्छन्, ‘यसले वडा सफासुग्घर हुने मात्र नभई ५/६ रुपैयाँ भए पनि दैनिक आम्दानी हुनेछ ।

उनले अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । घोषणा भाषणमा सीमित नहोस्,’ उनले भने ।

ललितपुर महानगर, ३ वडाले वडावासीलाई यस बारेमा सूसुचित गराउन घरदैलो अभियान थालेको छ ।

पुल्चोकमा किराना पसल गर्ने रामेछापका धनबहादुर जिम्बा भन्छन्, ‘अभियान राम्रोसँग संचालन भएमा अरुको फोहोरसमेत समेट्न जान

हुन्छन् ।’ उनले जनप्रतिनिधिले फोहोरमैला व्ववस्थापनसम्बन्धी नीतिगत निर्णय गरेरै अगाडि बढ्नु पर्ने बताए ।

पुल्चोकका रैथाने पद्मबहादुर शाक्यले कुहिने फोहोर घरमै व्यवस्थापन गर्दै आइरहेका छन् ।

उनको घरबाट सातामा २ केजी फोहोर उत्पादन हुन्छ । उनले समस्याको जड फोहोर नभई चेतनाको विकासमा कमी भएको बताए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment