सीमा क्षेत्रमा नक्कली डाक्टर, मेडिकलहरु पनि दर्ता गरिएका छैनन् !

सीमा क्षेत्रमा नक्कली डाक्टर, मेडिकलहरु पनि दर्ता गरिएका छैनन् !

विरगञ्ज । सीमा क्षेत्रमा नक्कली डाक्टर, मेडिकलहरु पनि दर्ता गरिएका छैनन् ! तराईका जिल्लामा अधिकांश औषधि पसल एवं मेडिकल क्लिनिक अबैध रुपमा सञ्चालन भइरहेको छन् ।

बारा, पर्सा जिल्लाका अशिकांश औषधि पसल सञ्चालकले अनुमति लिएको पाइदैन ।

जिल्लाका सिम्रनगढ, च्युटाहा, हर्नैया, बरियार्पुर लगायतका स्थानमा सयांै यस्ता मेडिकल सञ्चालनमा छन् ।

यस्ता कयौं मेडिकलहरुमा नक्कली डाक्टर समेतले उपचार गरिरहेका छन् ।

मेडिकल सञ्चाल नक्कली डाक्टरहरु राखेको आफै स्वीकार्छन ।

पाँच कक्षा को समेत प्रमाणपत्र नभएका ब्यक्ति डाक्टर भन्दै बिरामी जाँच्ने गरेको पाइएको छ ।

हर्नैयाको एक मेडिकलमा बिरामीको उपचार गर्दा गर्दै मृत्यु भएपछि मृतकका आफन्तले प्रहरीमा उजुरी गरेका थिए ।

प्रहरीले छानबिन गर्दा ती डाक्टर पाँच कक्षा समेत पास नभएको भन्दै जिल्ला प्रहरी कार्यालय मर्फत मुद्दा चलएको थियो ।

तराईमा त्यसमाथि सीमा क्षेत्रका चोक चोक मा खुलेका यस्ता औषधि पसलहरुको अनुगमन पछि हुन्छ । तर नाम मात्रको अनुगमन, कार्वाही कसैलाई हुदैन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment