ला लिगा : एइबारमाथि बार्सिलोनाको शानदार जित, एउटै लिगमा मेस्सीले ४०० गोल

एइबारमाथि बार्सिलोनाको शानदार जित, एउटै लिगमा मेस्सीले ४०० गोल

काठमाडाैं । ला लिगा : एइबारमाथि बार्सिलोनाको शानदार जित, एउटै लिगमा मेस्सीले ४०० गोल स्पेनिस ला लिगा अन्तरगत आफ्नो १९औं खेलमा उपाधिको दाबेदार मानिएको बार्सिलोनाले सहज जित निकालेको छ । नेपाली समयअनुसार सोमबार बिहान सम्पन्न खेलमा बार्सिलोनाले पाहुना टोली एइबारमाथि ३–० को शानदार जित निकालेको हो ।

घरेलु मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनाको सहज जितमा अर्को दुई गोल लुइस स्वारेजले गोल गरे भने एक गोल लियोनल मेस्सीले गरे ।

याे गाेलसँगै बार्सिलोनाको कप्तान समेत रहेको स्टार स्ट्राइकर मेस्सीले स्पेनिस ला लिगा फुटबलमा आफ्नो ४३५ खेलमा ४०० गोल पूरा गरेका छन् । मेस्सीले सन् २००५ मा बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए । मेस्सी ला लिगको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् ।

जितसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले १९ खेलबाट ४३ अंक बनाएको छ । बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडलाई ५ अंकले पछि पारेको छ । आइतबार राति नै भएको खेलमा एट्लेटिकोले लेभान्टेलाई १–० ले पराजित गरेको थियो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment