ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा

पौष ३०, काठमाडौं ।  ड्रोन उडान कार्यविधि झन्झटिलो, आफुखुसी उडाउनेहरु प्रहरी फन्दामा भक्तपुरको ठिमी र ललितपुरको लगनखेलबाट केही दिनअघि प्रहरीले ड्रोन नियन्त्रणमा लियो । ती ड्रोन उडाउने व्यक्ति प्रहरी नियन्त्रणमा छन् भने ड्रोन जफत गरिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, पक्राउ व्यक्तिले घरमा लगाइएको पूजाको भिडियो खिच्न सम्बन्धित निकायको स्वीकृति नलिई

ड्रोन उडाएको बयान दिएका छन् । त्यस्तै, लगनखेलमा भने शोखका लागि छतमा बसेर अरूलाई ड्रोन उडाउन सिकाइ रहेको अबस्थामा

प्रहरीले पक्राउ गरेको छ । ड्रोन आयात गर्नुभन्दा उडाउन स्वीकृति लिन झण्झटिलो भएकाले आफूखुशी उडाइएको भनाइ ती चालकको छ ।

 

त्यस्तैं, सरकारको स्वीकृति नलिइ ड्रोन उडाएको भन्दै सोलुखुम्बुबाट पनि प्रहरीले केही समय अघि एक विदेशीलाई नियन्त्रणमा लिएको थियो

, तर ती विदेशीले ड्रोन उडानका लागि स्वीकृति लिनुपर्छ भन्ने कुराको ज्ञान नहुँदा गल्ती भएको स्वीकारेपछि नउडाउने शर्तमा उन्मुक्ति पाएका

थिए ।

गृह मन्त्रालयका अनुसार, नेपाली आकासमा ड्रोन उडानसम्वन्धी कार्यविधि झण्झटिलो हुँदा स्वीकृत नलिई आफूखुशी ड्रोन उडाउने समस्या

बढ्दै गएको छ । शान्ति सुरक्षाका दृष्टिकोणले संवेदनशील ड्रोन आपराधिक गतिविधिमा प्रयोग हुन सक्ने सम्भावना प्रवल रहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले ड्रोन क्यामेराको बढ्दो प्रयोगसँगै उडान कार्यविधि नै परिवर्तन गर्नुपरेको बताए ।

‘विवाह–

ब्रतवन्धदेखि चलचित्रको भिडियो खिच्न ड्रोन क्यामेराको प्रयोग गर्ने गरेको देखियो’ उनले भने– उडान कार्यविधि कसिलो र झण्झटिलो हुँदा

आफूखुशी उडाउने समस्या बढ्यो ।

यसरी आफूखुशी ड्रोन उडाउँदा हवाइस्थल, विशिष्ट ब्यक्तिको शान्ति सुरक्षामा असर पर्नुका साथै सर्वसाधारणसमेत त्रसित हुने गरेको भनाइ

प्रहरीको छ । ड्रोन क्यामेरा सजिलैसँग ल्याउन पाउने, तर उडान गर्न गृह मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणदेखि पुरातत्व विभागसम्मको

स्वीकृति लिनुपर्ने ब्यवस्था रहेको छ ।

उक्त कार्यविधि पूरा गर्न कम्तिमा एक महिना लाग्ने गरेको सेवाग्राही बताउँछन् । सम्पर्क तथा पुहँच भएकाले स्वीकृति लिन्छन्, नभएकाले

आफूखुशी उडाउँछन् । ड्रोन क्यामेराको प्रयोग आफैमा नराम्रो होइन तर यसको दुरुपयोग हुनसक्ने सुरक्षा अधिकारीहरु बताउँछन् ।

 

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment