हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा

हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा

पौष ३०, दाङ ।  हर्न बजाउने झण्डै चार सय चालक कारवाहीमा तुलसीपुर उमहानगरपालिकाको तुलसीपुर बजारलाई हर्न निषेध घोषणा गरेको करीब डेढ महीनाको अवधिमा सो पालन नगर्ने ३७९ चालक कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब निरीक्षक चन्द्रबहादुर केसीका अनुसार कारवाहीमा पर्नेमा सबैभन्दा बढी

मोटरसाइकलका चालक छन् । त्यस्तै बस, जिप, कार, ट्र्याक्टर, ट्रक, अटो रिक्सालगायतका सवारी साधनका चालक रहेका छन् ।

सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । तीमध्ये १८९ जनाबाट जरिवानास्वरुप रु ९८ हजार राजश्व सङ्कलन भएको छ ।

एक सय ९० जना चालकले आफूसँग पैसा नभएको भन्दै जरिवाना तिर्ने आलआट्ल गरेपछि ती चालको सवारी चालक अनुमतिपत्र तथा सवारी

दर्ता प्रमाणपत्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई तुलसीपुर उपमहानगरपालिका र प्रदेश नं ५ को प्रहरी कार्यालयले बृहत् जनचेतनामूलक

कार्यक्रम गरी हर्न निषेध क्षेत्र तोकेको थियो । हर्न निषेध कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफ्नो अनुगमन तीव्र पारेको छ ।

अहिले बजारका मुख्य चोकचोकमा जेब्रा क्रसिङदेखि सर्वसाधारण पैदल यात्रुलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने

तरिकालगायतका बारेमा सिकाउँदै आएको छ ।

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरको विभिन्न १० स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ ।

ट्राफिक व्यवस्थापन सहज तथा हर्न निषेध अभियानलाई सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

जेब्रा क्रसिङ निर्माणपछि पैदल यात्रुलाई सडक पार गर्न सजह भएको छ । रासस

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment