हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु

हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु

पौष ३०, काठमाडौं । हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु अस्ट्रियाको आल्प्स पर्वतमा हिउँमा स्केटिङ गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जर्मनीका नागरिक रहेको बताइएको छ । हिउँ खेल्न गएको समूहका एक जना अझै बेपत्ता छन् । मृतकहरु ३२, ३६ र ५७ वर्षका पुरुष भएको बताइएको छ ।

शनिबार बेलुका लेच नजिकै हिउँमा खेल्न गएकाहरुको मृत्यु भएको हो । बेपत्ता २८ वर्षीय जर्मन नागरिकको पनि खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

अत्याधिक हिउँ र हिमपहिरो आउन सक्ने खतराका कारण खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment