नेकपाको कार्यदल बैठक बस्दै, सांगठनिक एकताले पूर्णता पाउन सकेन

नेकपाको कार्यदल बैठक बस्दै, सांगठनिक एकताले पूर्णता पाउन सकेन

काठमाडौं । नेकपाको कार्यदल बैठक बस्दै, सांगठनिक एकताले पूर्णता पाउन सकेन आज नेकपाको कार्यदल बैठक बस्दै छ । पार्टी एकीकरणको संगठनात्मक प्रस्ताव टुंगो लगाउन गठन गरिएको कार्यदलको बैठकमा संयोजक र पार्टी महासचिवले पेश गर्ने प्रस्ताव अनुसार छलफल हुने बताइएको छ ।

कार्यदलले पुुस मसान्तभित्र काम सक्ने जिम्मेवारी पाएको थियो । तर कार्यदलले जिम्मेवारी पुर्याउन सकेको छैन । जसका कारण सचिवालयले दुई दिनभित्र मै अपूरै प्रतिवेदन माग गर्याे । सोही विषयमा छलफल गर्न बैठक बस्ने भएको हो ।

बैठकमा कार्यदल संयोजक रामबहादुर थापा बादल र पार्टी महासचिव विष्णु पौडेलले ल्याउने प्रस्ताव अनुसार छलफल हुनेछ ।

बैडक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकमा बाँकी विषय टुंग्याएर जाने कि अहिलेसम्मका प्रगतिको रिपोर्ट तयार गरी सचिवालयलाई जिम्मा दिने भन्ने विषयमा छलफल हुनेछ।

यसअअघि कार्यदलले काम पुरा नगरेका हल्ला फैलाएको भन्दै असन्तुष्टिसमेत जनाएको थियो । पुस १३ गते पार्टीका बाँकी सङ्गठन एकीकरणको प्रस्ताव तयार गर्ने, विधानमा भएका त्रुटि सच्याउने, प्रदेश कमिटी गठनको निर्णयमा हेरफेर, केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गर्न ९ सदस्यीय कार्यदल गठन गरिएको थियो।

पार्टी एकीकरणको आठ महिना वितिसक्दा पनि सांगठनिक एकताले पूर्णता पाउन सकेको छैन । दुई पार्टी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला तह अझै एकतावद्ध हुन सकेको छैन । विभिन्न कमिटीले अझै कामचलाउकै अवस्थामा रहेको छ । पार्टी एकतालाई टुंगोमा पु¥याउन गठित कार्यदलले काम गर्न समेत सकेको छैन । यसले असन्तुष्टि बढाएको छ ।

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता हुँदा ६ महिनाभित्र तल्ला कमिटीको एकता सक्ने घोषणा गरिएको थियो । पार्टी एकता कै काम पुरा गर्न पटक–पटक नेकपाले चार पटक कार्यलदल वनायो ।

तर, हालसम्म गठन भएका कुनै पनि कार्यदलले आफ्नो काम पुरा गर्न सकेका छैनन् । पछिल्लो पटक गठन भएको रामवहादुर थापा नेतृत्वको कार्यदलले समयसीमा पार गरिसक्दासमेत जिम्मेवारी पूरा गर्न नसकेपछि कार्यदलका संयोजक थापा र महासचिव विष्णु पौडेलको कार्यक्षमतामा नै प्रश्न उठ्न थालेको छ ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment