आर्थिक वर्ष २०७५/०७६ मा वैदेशिक लगानीको प्रतिबद्धता ५० प्रतिशतले घट्यो

आर्थिक-वर्ष--मा-वैदेशिक

काठमाडौं । सरकारले खुकुलो नीति बनाएर एकद्वार प्रणालीमा सेवा दिने उद्घोषसहित ‘भर्जिनल्याण्ड’ मा लगानी गरेर उच्च प्रतिफल लिन वैदेशिक लगानीकर्तालाई आग्रह ग-यो । तर, परिणाम सकारात्मक छैन ।

६ अर्बभन्दा कम विदेशी लगानी स्वीकृत गर्ने उद्योग विभागमा अघिल्लो वर्षभन्दा प्रतिवद्धता नै ५० प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५/०७६ मा ३१ देशबाट ३ सय ३७ मझौला उद्योगका लागि २३ अर्ब ९४ करोड ९२ लाख ५० हजार रुपैयाँको लगानी प्रतिवद्धता आएको छ । जुन अघिल्लो वर्ष ५२ अर्ब ६९ करोड थियो ।

आर्थिक वर्ष २०७४/०७५ मा ३ खर्ब २९ अर्बका ४ सय ९८ उद्योग दर्ता हुँदा अघिल्लो वर्ष लगानी र उद्योग संख्या दुवै घट्यो । आर्थिक वर्ष २०७५/०७६२ माम २ खर्ब ६३ अर्ब रुपैयाँ चुक्तापूँजी भएका ४ सय ३६ उद्योग दर्ता भएका छन् । पाँच करोडभन्दा कम वैदेशिक लगानी स्वीकार नगर्ने सरकारको नीतिका कारण प्रतिवद्धता र लगानी घटेको हो ।

उद्योग विभागका अनुसार एकल विन्दू सेवा केन्द्र सञ्चालनमा आएको दुई महिनामा १२ अर्ब ३६ करोड ५३ लाख ९० हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

विदेशी लगानीको अवस्थाः

आर्थिक वर्ष २०७५/०७६ मा ऊर्जा क्षेत्रमा वैदेशिक लगानी भित्रिएन भने सेवा क्षेत्रमा केही बढ्यो । विदेशी लगानी आकर्षित गर्न सरकारले नीतिगत सुधार गरेपनि लगानीकर्ता अझै ढुक्क हुने वातावरण नबनेको जानकारको बुझाई छ ।

आर्थिक वर्ष २०७५/०७६ मा प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब ८१ करोड रुपैयाँ आएको राष्ट्र बैंकको तथ्यांक छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब २५ प्रतिशतले कमी हो ।

अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ८८ करोड रुपैयाँ थियो । पछिल्लो समय बैदेशिक लगानीको प्रवाह मात्र होइन प्रतिवद्धतासमेत घट्दै गएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment