भाईको कुटाईबाट दाईको ज्यान गयो

काठमाडौं । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ मा भाईको कुटाईबाट दाईको ज्यान गएको छ । गत शुक्रबार साँझ सामान्य घरझगडामा २७ वर्षीय भाई किरण राईले ४४ वर्षीय दाई जयप्रकाश राईलाई लठ्ठी प्रहार गरी घाइते बनाएका थिए ।

भाईको कुटाईबाट गम्भीर घाइते भएका दाई जयप्रकाश राईको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी गराए ।

उनले भने, ‘शुक्रबार भाईको कुटाईबाट गम्भीर घाइते भएका दाई जयप्रकाश राईको शनिबार ज्यान गएको हो । मृतक राईको शरीरको विभिन्न अंगमा चोटपटक लागेको छ । पोष्टमार्टमको रिपोर्टपछि मात्र घटनाको वास्तविकता बाहिर आउँछ ।’

‘विकट ठाउँ भएको कारण पोष्टमार्टमको लागि पाँच घण्टा बोकेर शबलाई सदरमुकाम सल्लेरी आइतबार साँझ ल्याइएको छ ।’ प्रहरी निरीक्षक कार्कीले भने, ‘भाई किरण राईलाई पनि नियन्त्रणमा लिई भर्खरै सल्लेरी ल्याइएको छ । मुद्दा दर्ता भएको छैन । अब मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाउँछौं । त्यसपछि अदालतमा बुझाइदिन्छौं ।’

प्रहरीका अनुसार जाँडको निहुँमा भाई किरण राईले दाई जयप्रकाश राईमाथि ल्ठठीले प्रहार गरेका थिए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment