चट्याङले जोताहा र हलगोरुको मृत्यु, एक महिला घाइते

चट्याङले जोताहा र हलगोरुको मृत्यु, एक महिला घाइते

विराटनगर । मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ३ सोराभागमा अचानक परेको चट्याङले लागेर जोताहा र एकहल गोरुको मृत्यु भएको छ । सोराभाग बस्ने वर्ष ५० को श्याम मण्डललाई आफ्नै खेत जोती रहेको अवस्थामा सोमबार परेको चट्याङको लागेको थियो । निजले जोती रहेको एकहल गोरुको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक समेतको टोली खटिएर कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागी रंगेली अस्पतालमा पठाइएको बताइएको छ । त्यस्तै मोरङ सुनवर्षी नगरपालिका वडा नम्बर ९ पार्वती टोलमा अचानक चट्याङ खस्दा घरमा बसिरहेकी २८ वर्षीया लक्ष्मीदेवी केविरथ घाइते भएकी छन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment