निर्माणाधिन मन्दिरको छत भत्किएर किच्दा २ कामदारको मृत्यु

निर्माणाधिन मन्दिरको छत भत्किएर किच्दा २ कामदारको मृत्यु

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिका-७ मा निर्माणाधिन मन्दिरको छत भत्किएर लाग्दा सोमबार बिहान दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

हिलिहाङ-७ मा निर्माणाधीन यलम्बर पार्क भित्र रहेको मन्दिरको छत टेका खुस्काउने क्रममा झरेको हो । २० दिन अघि मात्रै डलान गरिएको छत निरन्तरको वर्षाका कारण पूर्ण रुपमा ‘सेट’ नहुँदै झिकिएकोले छत झरेको अनुमान प्रहरीले गरेको छ ।

उक्त घटनामा स्थानीय ५१ वर्षीय रुद्र राई र ५० वर्षीय जगत राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment