साफ नेपाली महिला फुटबल खेलाडीलाई नगद ५० हजारसहित सम्मान

साफ नेपाली महिला फुटबल खेलाडीलाई नगद ५० हजारसहित सम्मान

विराटनगर । विराटनगर महानगरपालिकाले साफ महिला फुटबल प्रतियोगितामा उपविजेता नेपाली महिला टोलीलाई सोमबार नगदसहित सम्मान गरेको छ । नेपाली महिला फुटबल टोलीलाई हौसला प्रदान गर्न खेलाडीलाई जनही ५० हजारसहित सम्मानको घोषणा गरिएअनुरुप पुरस्कार प्रदान गरिएको महानगरपालिकाले जनाएको छ । विराटनगरमा आयोजित एक भव्य कार्यक्रमबीच महानगरका प्रमुख भीम पराजुलीले महिला फुटबल टोलीका खेलाडीलाई सम्मान गरे ।

उनले भने,‘‘महिला खेलाडीलाई हौसला प्रदान गर्न र आगामी दिनमा थप जीत हाँसिल गर्न प्रोत्साहन गर्न आवश्यक छ ।’’ उनले खेल जगतको विकासका लागि विराटनगर महानगरले उल्लेख्य काम गर्ने योजनासाथ बजेटमा कार्यक्रम समेटेको पनि बताए । विराटनगरले दिएको सद्भावसहितको सन्देशले विदेशीले समेत एन्फालाई विश्वास गर्ने वातावरण तय भएको पराजुलीले बताए ।

ad ad ad
नेपाली महिला फुटवल टिमका कोच हरि खड्काले विराटनगरमा महिला साफ च्याम्पियन्सिपको आयोजना गरेर ऐतिहासिक सफल प्राप्त गरेको बताए । उनले भने,‘‘राम्रो अवसर पाउँदा नेपाली फुटबलका खेलाडीले निक्कै नै राम्रो प्रदर्शन गर्न सक्छन् ।’’ खड्कालाई राज्य तथा स्थानीय सरकारका तर्फबाट भएको सम्मान प्रशंसनीय भएको बताए ।

कार्यक्रममा विराटनगर महानगरपालिका उपमेयर ईन्दीरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी,जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारी लगायतको सहभागिता रहेको थियो ।

पाँचौं संस्करणको यस साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता विराटनगरमा गत फागुन २८ गतेदेखि भएको थियो । यस प्रतियोगितामा सार्क राष्ट्रमा आवद्ध ६ देशको सहभागिता रहेको थियो । २०७५ साल चैत्र ८ गते भएको फाइनल खेलमा भारतले आयोजक टिम नेपाललाई ३–१ गोलले हराएर साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो । नेपालले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment