घाइते नेपाललाई मलेसियाविरुद्धको खेल चुनौतीपूर्ण

घाइते नेपाललाई मलेसियाविरुद्धको खेल चुनौतीपूर्ण

 

आइसिसी टी–२० विश्वकप छनोट– एसिया २०१९

नेपाल भर्सेस मलेसिया

बुधबार, साउन ८ गते, विहान ७:१५ बजे

इन्डियन एसोसिएसन मैदान, सिंगापुर

आइसिसी टी-२० विश्वकप अन्तर्गत एसिया छनोट प्रतियोगिताको पहिलो खेलमा पराजित भएको नेपालका लागि बुधबार हुने मलेसियाविरुद्धको खेल चुनौतीपूर्ण देखिएको छ।

कप्तान पारस खड्का घाइते छन् भने पहिलो खेलमा हारेको नेपाललाई विश्व छनोटमा पुग्न मलेसियालाई हराउने पर्ने दबाब छ।

कप्तान खड्का मंगलबार कतारविरुद्ध ४ विकेटले हारेको खेलमा घाइते भएका थिए। कम्मर दुखेका कारण पारस कतारविरुद्ध दोस्रो इनिङमा मैदान उत्रन सकेनन्।

नेपालका लागि ओपनिङ गरेका पारसले २८ रन जोडेका थिए। घाइते हुँदाहुँदै पनि उनले पहिलो इनिङ खेलेका थिए। दोस्रो इनिङमा भने पारसले फिल्डिङ गर्न सकेनन्।

पहिलो खेलमा कुवेतलाई पराजित गरेको मलेसिया आत्मविश्वासी देखिएको छ। प्रतियोगिताको बलियो टिम मानिएको नेपाललाई पराजित गरे मलेसियाका लागि अघिल्लो चरण पुग्ने लक्ष्य सहज बन्न सक्छ।

मलेसियाले कुवेतविरुद्ध पहिले ब्याटिङ गरेर १६२ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको कुवेत १२० रनमा अलआउट भयो।

मलेसियाले एक साताअघि खेलिएको टी-२० सिरिजमा पनि नेपाललाई कडा चुनौती दिएको थियो। मलेसियाविरुद्धको दोस्रो खेलमा नेपालले ६ रनको मात्र जित निकाल्न सफल भएको थियो। त्

नेपालको ब्याटिङमा समस्या देखिएपछि बलरमाथि पनि दबाब थपिने गरेको छ।

कप्तान पारस बुधबार मलेसियाविरुद्ध फिट हुन नसकेको अवस्थामा नेपालले फेरि नयाँ ओपनिङ जोडी खेलाउनु पर्नेछ। जसमा पवन सर्राफ र प्रदीप ऐरी विकल्प हुन सक्छन्।

बलिङमा सन्दीप लामिछानले विकेट लिइरहे पनि उनी महँगो सावित भइरहेका छन्। अनुभवी बलर बसन्त रेग्मीको फिटनेसमा समस्या छ।

पहिलो खेलमा हार र कप्तान घाइते हुँदा पीडामा रहेको नेपालका लागि बुधबारको खेल जित्नुको विकल्प छैन। त्यसका लागि कन्डिसन हेरर खेलाडी चयन र प्रत्येक खेलाडीले शतप्रशित खेल्नु पर्ने देखिन्छ।

मलेसियाविरुद्धको खेलपछि नेपालले २ दिन आराम गरेर अन्तिम २ खेल खेल्नेछ। जुन खेलका लागि कप्तान पारस पूर्ण फिट हुन सक्छन्। त्यसैले नेपालका लागि बुधबार मलेसियाविरुद्धको खेल महत्वपूर्ण छ।

नेपालले शनिबार कुवेतसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आइतबार अन्तिम खेलमा आयोजक सिंगापुरको सामना गर्नेछ। यी तीनै खेल जिते नेपाल विश्व छनोटमा पुग्नेछ।

हेड टु हेड
नेपाल ५–१ मलेसिया

२०१९– नेपालद्वारा मलेसिया ६ रनले पराजित – टी-२० सिरिज (मलेसिया)
२०१९ – नेपालद्वारा मलेसिया ७ विकेटले पराजित – टी-२० सिरिज (मलेसिया)
२०१८ – नेपालद्वारा मलेसिया ८ विकेटले पराजित– टी-२० विश्वकप एसिया उपक्षेत्रीय छनोट (मलेसिया)
२०१३– नेपालद्वारा मलेसिया १९ रनले पराजित– एसिसी टी-२० कप (नेपाल)
२००९– मलेसियाद्वारा नेपाल ६ विकेटले पराजित– एसिसी टी–२० कप (युएई)
२००७– नेपालद्वारा मलेसिया २१ रनले पराजित– एसिसी टी–२० कप (कुवेत)

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment