‘१० वर्षे च्यालेन्ज’ फेसबुकको रणनीति !

‘१० वर्षे च्यालेन्ज’ फेसबुकको रणनीति !

एजेन्सी । सामाजिक सञ्जालमा भाइरल बनेको १० वर्षे च्यालेन्जको ट्रेन्डले अहिले सबैलाई रमाइलो गराइरहेको छ । आफ्नो हालको तस्बिरसँग १० वर्ष अगाडिका फोटो जुधाउँदै मानिसहरुले हाँसठट्टामा सो ट्रेन्डको मज्जा उठाइरहेका छन् । कतिले भने आफ्नो तस्बिर नराखेर प्रकृतिको तस्बिर राख्दै पृथ्वीमा मानव क्रियाकलापको असरबारे पनि कुरा उठाएको पाइएको छ । तर सामाजिक संजालमा यो ट्रेन्डले रमाइलो माहोल पैदा गर्दैगर्दा अर्कोतर्फ कतै यो भविष्यमा घातक त साबित हुने होइन भन्नेबारे पनि चिन्ता जनाइएको छ ।

फेसबुक जस्ता प्राविधिक कम्पनीहरुलाई यो ट्रेन्डले ‘फेसियल रिकग्निसन’ अर्थात अनुहार पहिचान प्रणालीलाई सहज बनाउन सघाइरहेको हुन सक्ने विश्लेषकहरुको आशंका छ । यसरी मानिसहरुले अन्जानमा फेसबुकलाई आफूबारे ठूलो जानकारी दिइरहेको हुन सक्ने शंका गरिएको हो ।

वास्तवमा फेसबुकले २०१० मै ल्याएको अनुहार पहिचान प्रणालीले साथीहरुसँगका तस्बिर समेत पहिचान गरि त्यसमा हाम्रो नाम सुझाउने गरेको छ ।

त्यस्तै कुनै अन्जान व्यक्तिले हाम्रा तस्बिरहरु पोस्ट गर्दा पनि फेसबुकले यही प्रणाली मार्फत हामीलाई सावधान गराउने गर्दछ ।

तरपनि फेसबुकको यो फिचरमार्फत अन्जान व्यक्तिले हामीबारे थाहा पाउने हुँदा त्यतिबेलै यसको धेरै आलोचना भएको थियो । यस्तोमा फेसबुकले सेटिङ मार्फत सो टुल निस्क्रिय गर्न मिल्ने बताएको थियो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment