पर्सामा बाढी : १६२ घरमा पूर्ण क्षति, चार हजार बढी प्रभावित।

पर्सामा बाढी : १६२ घरमा पूर्ण क्षति, चार हजार बढी प्रभावित

 

अविरल वर्षपछि आएको बाढीले पर्सामा १६२ घरमा पूर्णरुपमा क्षति पुर्‍याएको छ । ३९१ घरमा आंशिक क्षति भएको छ । बाढीबाट ६७७ घरपरिवार प्रभावित भएका छन् ।

जिल्ला विपद् व्यवस्थापन समितिले संकलन गरेको पछिल्लो तथ्याङकअनुसार बाढीले चार हजार ३५० जना प्रभावित भएका छन् ।

बाढीले बासस्थानमा पुगेको क्षतिलाई मूल्याङ्कन गर्दा २ करोड ३० लाख ८१ हजार मूल्य बराबरको क्षति भएको अनुमान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले जानकारी दिए ।

त्यसै गरी जीवीकोपार्जनतर्फ १० लाख ९ हजार ३ सय रुपैयाँ बराबरको क्षति भएको छ । स्वास्थ्य क्षेत्रमा ४० हजार मूल्य बराबरको क्षति भएको छ ।

स्वास्थ्य क्षेत्रमा वीरगञ्ज महानगरपालिका-११ मा २० हजार र कालिकामाई गाउँपालिकामा २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी क्षति वीरगञ्ज महानगरपालिका, पोखरीया नगरपालिका, छिपहरमाई र जगरनाथपुर गाउँपालिकामा पुर्‍याएको छ ।

वीरगञ्ज महानगरभित्र ४९ घरधुरी, पोखरीयामा ४९, छिपहरमाई र जगरनाथपुरमा क्रमशः २६ र १८ घरधुरीमा पूर्ण क्षति भएको छ ।

क्षतिको प्रारम्भिक विवरण संकलन गरिसकिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

‘क्षतिको आंकलन गर्न बनाइएको मापदण्ड अनुसार नै समिति बनाएका थियौं, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाईटी र वडा अध्यक्षसहितको समतिले घर घर पुगेर क्षतिको विवरण संकलन गरेको हो,’ उनले भने, ‘केही छुटेको हुन सक्छ, त्यसमा सच्याउने काम हुन्छ ।’

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment