अघाेरी-बाबाकाे-खतरा-भिडियाे

अघाेरी-बाबाकाे-खतरा-भिडियाे

पछिल्लो समय समाजिक संजाल युटुब तथा टिकटकमा निकै भाइरल बनेका सुन्दरीजलका भाईरल बाबा मृत्युञ्जय धेरै नेपालीहरुको मनमा बस्न सफल छन् । हुन त बाबा भन्ने वित्तिकै आफ्नै दुनियाँमा रम्ने अनि खासै अरुसँग सम्पर्कमा नरहने जोगी भन्ने बुझिन्छ तर यी बाबाले वास्तविक जोगी भनौं या योगीहरु अरुलाई हँसाउने देखि ज्ञान गुणका कुराहरु गर्दै सारा जगतलाई फ्रेस बनाउनृु पर्छ भन्ने मान्यता राख्छन् ।

हुन पनि घरबार छाडेर विन्दास जिवन बिताउने बाबाहरुबाट अहिलेको निराश मनहरुलाई एकैछिन भए पनि प्रेस बनाउँनु राम्रो कुरा हो । त्यसो त पछिल्लो समय यी बाबा जुत्ताका विज्ञापन देखि टिसर्टसम्म छाएका छन् । आफैमा गुमनाम रहेका बाबा यसरी भाईरल हुँदा यो बुढेसकालमा उनी निकै दंग अनि खुसी छन् ।

आफु ब्रुस लिको निकै ठुला्े फ्यान रहेको पनि बताउने यी बाबाले अन्र्तवार्ताकै क्रममा यसरी आफ्ना कला पनि देखाए, हेर्नुहोस् यो भिडियोः

यो पनि हेर्नुहोस्ः झापाको एउटै घरभित्र भेटियो २७ वटा गोमन सर्प, परिवारको उड्यो होसहवास….एउटै सर्प देख्दा त हाम्रो होस् हवास उड्छ भने झापाको गौरादहमा एक घरमा २७ वटा सर्प फेला परेको छ । गौरादह नगरपालिका वार्ड नं ५ चाप्रामारी कटकपुरका काशी शर्माको घरमा एउटा ठुलो सर्पसहित २७ वटा बिषालु गोमन सर्प भेटिएको हो ।

धेरैजसो सर्पका बच्चा थिए । एउटा सर्प मा*रेको र त्यसपछि राती अरू पनि सर्प भएको आश‌ंकामा दुलो खन्दा बग्रेल्ती सर्प भेटिएपछि यो परिवारको होसहवास नै उडेको छ । शर्माका छोरा सन्दीपका अनुसार अकल्पनीय रूपमा सर्पहरू भेटिएका छन् । उनका अनुसार रातको ११ बजे स्थानीयहरूको सहारामा सबै सर्पहरू मा*रेर गाडिएको छ । रातभर निन्द्रा नलागेको समेत यो परिवारले जनाएको छ । त्यो भन्दा अगाडि अर्को विषालु करेत सर्प पनि यहिँ घरमा भेटिएको थियो ।

 

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment