मंसिरसम्म राजा नल्याए सत्याग्रह सुरु गर्ने चेतावनी !

 

स्वतन्त्र नागरिक समाजले आगामी मंसिरसम्म नेपाललाई हिन्दूराष्ट्र पुनर्स्थापना नगरेमा सत्याग्रह सुरू चेतावनी दिएकाे छ ।

शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उक्त समाजले यस्तो अल्टिमेटम दिएको हो । समाजका संयोजक हेमविक्रम सिलवालले आफूहरुले विगत लामो समयदेखि राजसंस्था र हिन्दूराष्ट्र पुनर्स्थापनाकाे आफ्ना मागहरू सम्बोधन गराउन विभिन्न खबरदारी सभाहरु गर्दै आएको बताए । २१ औं शताब्दीमा पनि नेपालमा निषेधको राजनीति भैरहेकोमा उनले आपत्ति जनाउँदै भने, ‘परम्परागत शक्तिमाथि निषेधको राजनीति भयो ।’

उनले आफूहरुले २०७५ जेठ २५ गते सभामुखलाई हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि ज्ञापन पत्र बुझाएको सुनाउँदै आउँदाे मंसिरसम्म पनि माग सम्बोधन नभए ७२ घण्टे लामो सत्याग्रह गर्ने चेतावनी दिएका हुन् ।

सभामुख कृष्णबहादुर महरालाई बुझाइएको उक्त ज्ञापनपत्रमा ‘देशको पहिचान हिन्दु अधिराज्य, राष्ट्रिय अखण्डता, स्वाधीनता, देशको धर्म, सँस्कृति, भेगीय, क्षेत्रिय, आधुनिकता र परम्परागत संयोजनले मात्र नेपालको सार्वभौम सत्ता सुरक्षित गर्ने गराउने काम नेपालको शाह वंशीय राजसंस्थाले गरिआएको र एक्काइसौं शताब्दीमा लोकतन्त्र भनेपनि विश्वव्यापी मान्यता सबैले फुल्न र फल्न पाउने व्यवस्थालाई नै लोकतन्त्र भनी बुझिआयौं’ भन्ने कुरा उल्लेख छ ।

अगाडि भनिएको छ, ‘हामीले ज्ञापनपत्र बुझाएको यत्तिका समय हुँदापनि सुनुवाई भएन र हामीले गर्दै आएको खबरदारी सभा त देशभरि जारी रहीरहने छ र अबको ५ महिना भित्र कुनै सुनुवाई नभएमा हामी मंसीर १ गते देखि ७२ घण्टे, लाखौं जनताको उपस्थितिमा संत्याग्रह गर्न हामी बाध्य हुनेछौं । सत्याग्रह गर्ने हाम्रो कुनै रहर होइन ।’

नेपालमा जनै लगाउने र नलगाउने गरी ओमकार परिवार ९४% प्रतिशत बसोबास गर्ने दाबी गर्दै समाजले विश्वको एकमात्र हिन्दु अधिराज्य नेपालमा शाहवंशीय राजसंस्थालाई भूमिका दिन माग गरेकाे छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment