बाढीका कारण मोरङको कटहरीस्थित १५ बिगहा जमिनमा लगाइएको तरकारी बाली नष्ट

असार अन्तिम साता देखि आएको बाढीका कारण तरकारीको पकेट क्षेत्र मानिएको मोरङको कटहरीमा १५ बिगहामा लगाइएको तरकारी बाली नष्ट भएको छ ।

मोरङको लोहन्द्रा र जुडी खोलामा आएको बाढीको पानी खेतमा पसेकाले लाखौं रुपैयाको तरकारीहरु नष्ट भएको स्थानीयहरुले बताएका छन् । कटहरी वडा नंं ४ मा लगाइएको परबल, भण्टा, खुर्सानी, काक्रो र घिरौला लगायतका तरकारीहरु सुकेको छ ।

मोरङको कटहरी क्षेत्र तरकारी बालीका लागि पकेट क्षेत्र मानिन्छ । बाढीको पानीले लगाएको तरकारी बाली नष्ट गर्नुका साथै खेतहरुमा बालुवा समेत थुपारिदिएकाले अन्य बाली लगाउन पनि समस्या भएको कृषकहरुले बताएका छन् ।

पकेट क्षेत्रमा तरकारी नष्ट भएपछि तरकारीको भाउ समेत वृद्धि भएको छ । वर्षेनी लोहन्द्रा र जुडी खोलामा आउने बाढी खेतमा पस्ने गरेकाले तटबन्धको व्यवस्था गर्न कृषकहरुले माग गरेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment