पहिरोमा गाडी पुरिँदा दुई जनाको मृत्यु, ८ जना घाइते

 

रसुवामा डाँडाबाट सडकमा खसेको ढुंगे पहिरोमा परेर एक सुमो गाडी क्षतिग्रस्त भएको छ । घटनामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

८ मध्ये २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक भागेन्द्र पुरुष ढकालले जानकारी दिए ।

गोसाइकुण्ड गाउँपालिका-२ तातोपानी डाँडाबाट खसेको पहिरोमा परेर काठमाडौंदेखि जाँदै गरेको ना १ ज ७८२४ नम्बरको गाडी पुरिएको हो ।

प्रहरीले घाइतेहरुको उद्धार गरेर स्थानीय टिमुरेस्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेको छ ।

घटनामा ज्यान गुमाएहरुको सनाखत भएको छैन । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल र आवश्यक देखिए काठमाडौं ल्याउने तयारी छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment