एसियाकै धनी मुकेश अम्बानीद्वारा आफ्नो बुहारीलाई ४१० मिलियन मुल्य पर्ने सुनको कार उपहार

 

रिलायन्स इन्डस्ट्रीजका मालिक तथा एसियाकै धनी मुकेश अम्बानी पैसा, गाडी तथा विभिन्न विलासीका सामानका कारण सधैँ चर्चामा रहन्छन् । अम्बानी घर र सम्पत्तीको कारण मात्र होइन उनको पूरै जीवनको बारेमा नै मानिसहरुमा चासो रहने गर्छ । भने उनको सम्पूर्ण परिवार पनि यसमा सामेल हुने गर्छन् ।
गएको वर्ष विवाह बन्धनमा बाधिँएका उनका छोरा आकाश अम्बानी र उनकी श्रीमतीको विषयमा पनि निकै लामो समयदेखि चर्चा–परिचर्चा चलेको थियो । मिडिया रिपोर्टका अनुसार मुकेश अम्बानीले आफ्नी बुहारीलाई अनौठो उपहार दिए ।
मुकेश अम्बानीले बुहारीको लागि दुबईबाट सुनको कार उपहार दिएका थिए ।कार सिधै दुबईबाट भारत ल्याइएको थियो । मुकेश अम्बानी पनि कारका सौखिन मानिन्छन् । उनीसँग १७० भन्दा बढी कारको विशाल संग्रह नै छ । दुबईमा सुनको कार बन्नु र बनाउनु कुनै नौलो कुरा भने होइन ।
दुबईका शेख पनि सुनको कारमा नै शयर गर्ने गर्छन् । भारतीय सञ्चार माध्यमका अनुसार मुकेश अम्बानीले विशेष रुपमामा उक्त कारलाई बिहेमा आफ्नी बुहारी श्लोकलाई दिएका थिए । कारको मुल्य ४१० मिलियन परेको बताइएको थियो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment