लिभरपुलले किन्यो कीर्तिमानी युवा फुटबलर

 

इंग्लिस क्लब लिभरपुलले फुलह्यामबाट युवा स्टार खेलाडी हार्भे इलिअटलाई भित्र्याएको छ । १६ वर्षका अट्याकिङ मिडफिल्डर इलिअट प्रिमियर लिग खेल्ने सबैभन्दा कम उमेरका खेलाडी हुन् ।

प्रिमियर लिगमा गएको मे महिनामा उल्भरह्याम्टनसँग खेल्दा इलिअट १६ वर्ष ३० दिनका थिए । जुन प्रिमियर लिगका सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान हो । त्यसअघि १६ वर्ष ६८ दिनमा २००७ को मे महिनामा फुलह्यामका लेफ्ट ब्याक म्याथ्यु ब्रिग्सले कान्छा खेलाडीको कीर्तिमान राखेका थिए ।

२००३ को अप्रिलमा जन्मिएका इलिअट पछिल्लो पुस्ताका उत्कृष्ट खेलाडीका रुपमा चिनिएका छन् । विंगर र अट्याकिङ फिल्डरको भूमिकामा देखिन सक्ने इलिअटको लिभरपुल आगमन कति रकममा भएको हो भन्ने चाहीँ खुलेको छैन ।

‘लिभरपुलमा आउन पाउँदा खुशी लागेको छ । सानो बेलादेखि समर्थन गरिरहेको क्लबसँग आबद्ध हुन पाउनु एउटा सपना पूरा भएको क्षण हो। म सकेसम्म कडा मेहनत गर्दै अगाडि बढ्ने छु’ इलिअटले भनेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment