आमिर खानको नयाँ फिल्म “लाल सिंह चढ्डा” यस्तो मुद्धामा बन्दैछ, देखिनेछ दर्दनाक कहानी

 

बलिउडका अभिनेता आमिर खान यतिबेला आफ्नो प्रमुख भूमिका रहेको फिल्म “लाल सिंह चढ्डा” लाई लिएर चर्चामा छन् । यो फिल्म १९९२ मा भएको विवादित ढाँचा विध्वंसको कथामा आधारित रहेको हल्ला चलेको थियो । तर मिडियाले जनाएअनुसार यो हल्ला गतल रहेको छ । किनभने भर्खरै आएको अर्को खबर अनुसार यो फिल्म १९८४ मा भड्केको सिख दगांमा आधारित रहेको बताइएको छ । जहाँ तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि देशभर सिख समुदाय विरुद्ध दगां भडक गरेको थियो ।

डेकेन का्रेनिको एक रिपोर्ट अनुसार लाल सिहं चढ्डा बितेको केही वर्षको भारतमा भएको बिकासको बारेमा रहेको जनाएको थियो । यसमा विवादित ढाचाँको मामला र २०१४ मा मोदी सरकार बनाउने कुरा पनि रहेको छ । त्यसका साथै यो पनि बताइएको थियो ,कि “लाल सिंह चढ्डा” एक फिल्म नभई भारतमा घटेको घटनाहरुको सन्दर्भ रहेको जनाएको छ ।

त्यसो त अहिलेसम्म फिल्मको शूटिङ सुरु भएको छैन् । त्यसैले शूटिङ सुरु भएपछि वा रिलिज भएपछि फिल्मको कथावस्तुको बारेमा सत्यतथ्य थाहा हुनेछ । यो फिल्म २०२० को क्रिशमसमा रिलिज हुने अनुमान गरिएको छ । साथै आमिर खानको साथमा अभिनेत्री करिना कपूर लीड रोलमा देखिदैछिन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment