विवाह गर्न र बच्चा जन्माउन पनि हाकिमको अनुमति लिनुपर्ने

विवाह-गर्न-र-बच्चा-जन्माउन-पनि-हाकिमको-अनुमति-लिनुपर्ने

 

गर्भधारणका लागि समेत हाकिमसँग ईजाजत लिनुपर्छ भन्ने कुरा सुन्दा पत्यार नलाग्न सक्छ । तर नपत्याई सुख नै छैन । प्रसङ्ग जापानको हो । समाचार माध्यमहरुले जनाए अनुसार जापानको एक कम्पनीका हाकिले आफ्नो कार्यालयमा काम गर्ने एक जना महिला कर्मचारीलाई आफूलाई जनाकारी नै नदिई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा भएको छ ।

यतिमात्र होइन त्यो कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीहरुलाई समेत इमेलमार्फत सन्देश पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न समेत आदेश दिएको छ ।समाचारमा उल्लेख भए अनुसार, कम्पनीको आदेशलाई पालना गरि पालैपालो गर्भाधारण गर्नेहो भने त्यहाँ कार्यरत महिला कर्मचारीमध्ये एकजनाले बच्चा जन्माउनका लागि ३५ वर्षको उमेरसम्म कुर्नुपर्ने देखिएको छ ।

अहिले त्यो कम्पनीमा काम गर्ने महिला कर्मचारीहरुले बच्चा जन्माउनका लागि हाकिमको अनुमति लिनुपर्ने कुरा अघोषित कानून जस्तै बनाइएको बताइएको छ ।अझ अनौठो कुरा के छ भने त्यहाँ बच्चा जन्माउँदा मात्र होइन, अविवाहित महिला कर्मचारीले बिहे गर्नुपर्दा समेत हाकिमलाई जानकारी गराउनुपर्छ । अन्यथा विहे गर्न समेत पाइदैन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment