सुसाइड नोटमा शिक्षकको नाम लेखेर आत्महत्या, ‘मर्नुको कारण प्लस टु कोर्डिनेटर’ !

कक्षा १२ रिजल्ट अाउनु अगाडी नै सु साइड नोट लेखेर एक छात्रले गरे आत्महत्या

महेन्द्रनगर । महेन्द्रनगरस्थित श्री लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सु साइड नोट’ लेखेर आ त्मह त्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सु साइड नोट’ लेखेर आफ्नै कोठामा झु ण्डिएर आ त्मह त्या गरेका हुन्।

सुरजले ‘सु साइड नोट’मा आफू म र्नुको कारण लिटिल बुद्ध कलेजका व्यवस्थापन संकायका संयोजक हरिलाल जोशीलाई जिम्मेवार ठहर गरेका छन् । सुरजको ‘सु साइड नोट’ को अन्त्यतिर उनले औँठा छाप लगाएका छन् ।

उनले सु साइट नोटमा लेखेका छन्, ‘बुवा अब बहुत भयो, अब म हजुरहरुलाई धेरै टेन्सन दिन चाहँदिन। कलेजबाट आएको कम्प्लेनहरुले हजुरहरुलाई निकै डिस्ट्रब गर्यो र म पनि हजुरहरुलाई टेन्सन दिएर धेरै बाच्न सक्दिन । हजुरकाे सब ठाँउमा मैले इन्सल्ट गराए, हजुरले मलाई जस्ताे बनाउनु चाहनु हुन्थ्याे, म त्यस्तै बन्न सकिन, म मरे पनि दुई दाजुहरू छन् । उनीहरूलाई राम्राे पढाउनु, म त हजुरकाे नालायक छाेरा न परे, अब खुसीसँग बस्नु । ‘

सु साइट नोटमा आफूले दारु कहिल्यै नपिएको पनि उल्लेख गरेको छ । सु साइट नोटमा लेखेका छन्- ‘अनि मैले दारू कहिल्यै पनि छाेएकाे छैन, खानु त कता हाे ।’ सु साइट नोटमा आफूले चु रोट पिउन छाडेका पनि एक वर्ष भइसकेको लेखेका छन् ।

यस्तो थियो सु साइड नोटमा

कलेजका प्रिन्सिपिल श्यामसिंह मौनीका अनुसार एकेडेमीका प्लस टु संयोजक हरिलाल जोशीले शुक्रबार बिहान विद्यालय समयमा सुरजसहित उनका साथीहरू आशिस चन्द र मनिस विष्टलाई चु रोट खाइरहेको अवस्थामा भेटेपछि विद्यालय प्रशासनमा बोलाएर सम्झाई बुझाई गरेका थिए।

सुरजका बुवा गणेश लेखकले छोरालाई विद्यालयबाट तनाव दिएर आ त्मह त्या गर्न बाध्य पारिएको आरोप लगाएका छन् । जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहेका गणेशले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा शिक्षक हरिलाल जोशीविरुद्ध ‘आ त्मह त्या दुरुत्साहन’ सम्बन्धी किटानी जाहेरी समेत दिएका छन् ।

‘सु साइड नोटमा’ मा उल्लेखित ‘मृ त्युको कारण’ हरिलाल जोशी विरुद्ध दिइएको उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी गणेश बमले बताउनुभयाे । घटनाको अनुसन्धान भइरहेको समेत डिएसपी बमले जानकारी दिनुभयाे ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment