स्कुल विभाग अझै खाली, सचिवालय बैठक दुई साताका लागि स्थगित

स्कुल-विभाग-अझै-खाली,-सचिवालय-बैठक-दुई-साताका-लागि-स्थगित

 

त्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सोमबार बसेको सचिवालय बैठक पनि स्कुल विभागको देखिएको विवाद हल गर्न सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो बसेको बैठकले स्कुल विभागबारे निर्णय गर्न सकेन । ‘अब अर्को बैठक साउन २८ गते बस्छ,’ बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने । नेकपाका ३३ मध्ये १८ पूर्वएमाले र १४ वटा विभाग पूर्व माओवादीले नेतृत्व गर्ने सहमति भए पनि स्कुल विभागको नेतृत्वका बारेमा सहमति जुट्न नसकेपछिको रस्साकस्सी दुई अध्यक्षहरूको तहमै पुगेको छ ।

नेताहरूको पूर्व सहमति अनुसार पूर्व एमालेको भागमा अर्थ तथा योजना, उद्योग तथा वाणिज्य, न्याय कानुन तथा मानवअधिकार, पर्यटन प्रर्वद्धन तथा नागरिक उडड्ययन, प्रादेशिक मामिला, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग परेको छ ।

यस्तै युवा तथा खेलकुद, विदेश मामला, श्रम तथा रोजगार, संघीय संसदीय, समाज कल्याण, सहकारी तथा गरिबी निवारण, सहरी विकास, सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या र नीति अध्ययन प्रतिष्ठान विभाग पूर्व एमालेले लिएको छ ।

पूर्व एमाओवादीले पाएका १४ वटा विभागहरूमा उपभोक्ता हित तथा आपूर्ति, कृषि तथा भूमिसुधार, कोष तथा आर्थिक व्यवस्थापन, खानेपानी तथा सरसफाइ, जलस्रोत सिँचाइ तथा ऊर्जा, प्रचार तथा प्रकाशन, पुस्तकालय तथा अभिलेख विभाग छन् ।

यसैगरी राजकीय मामिला तथा सुशासन, राष्ट्रिय सुरक्षा प्रर्वद्धन, वन तथा वातावरण, विज्ञान तथा प्रविधि, शिक्षा तथा मानवस्रोत, साहित्य कला तथा संस्कृति र स्थानीय तह विभाग पूर्वएमाओवादी पक्षधरहरूको भागमा छ । तर, स्कुल विभागको नेतृत्वबारे सहमति नजुट्दा अरु विषयको छिनोफानो पनि नेकपाले गर्न सकिरहेको छैन ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको पूर्व एमाले खेमाको बैठकले पार्टी स्कुल विभागमा देखिएको विवाद दुई अध्यक्षकै समझदारीमा टुंगिनुपर्ने निष्कर्ष निकालेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पूर्वएमालेका तर्फबाट सचिवालयमा प्रतिनिधित्व गर्ने नेताहरूको बैठकले सो निष्कर्ष निकालेको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिएका छन्

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment