सरकारलाई सल्लाह : यसरी सुल्झन सक्छ निर्मला प्रकरण

सरकारलाई-सल्लाह-यसरी-सुल्झन-सक्छ-निर्मला-प्रकरण

 

निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेकै दिन शुक्रबार प्रहरी हेडक्वार्टरमा सञ्चारकर्मीहरुलाई वृहत अन्तरक्रियाका लागि निम्त्याइएको थियो । साउन १० कै दिन पारेर आयोजित कार्यक्रममा निर्मलाको हत्यासम्बन्धी गम्भीर अपराधको अनुसन्धान प्रहरीले कसरी गरिरहेको छ भन्नेबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले केही ठोस जानकारी देलान् भने पत्रकारको आशा थियो । तर, खनाल यस मामिलामा अलमलमा परेको पाइयो ।

प्रहरी हेडक्वार्टरमा पत्रकार सम्मेलन हुनुभन्दा दुई दिन पहिले सिंहदरबारमा गृमहन्त्री रामबहादुर थापा बादल, गृहसचिव प्रेम राई र सुरक्षा अधिकारीसमेतको उपस्थितिमा अर्को ‘भव्य’ पत्रकार सम्मेलन भयो । त्यहाँ पनि निर्मला पन्तका अपराधी पत्ता लगाउने अनुसन्धान कहाँ पुग्यो भनेर मन्त्री थापालाई पत्रकारले प्रश्न सोधे ।

मन्त्री थापाले यो घटनाबारे भइरहेको अनुसन्धानको प्रगतिबारे सूचना दिनुको साटो यस्ता बलात्कारका घटना भविश्यमा पनि अझै केही समय हुन्छन् भन्ने टाइपको अभिव्यक्ति दिए ।

गृहमन्त्री थापा र प्रहरी प्रमुख खनालले दिएको जवाफबाट निर्मला प्रकरणमा सरकार अल्मलिएको प्रष्ट हुन्छ । हत्याको अनुसन्धान अब कहाँबाट सुरु गर्ने भन्नेमै सरकार कुहिरोको काग बनेकोमा अब कुनै शंका रहेन ।

सरकारले पढेन आयोगको सिफारिस

आइजीपी खनालले शुक्रबारको पत्रकार सम्मेलनमा निर्मलाको शव परीक्षण गर्ने डाक्टरका विषयमा भर्खरै समाचार पढेको संकेत गरे । जब कि राष्ट्रिय मानवअधिकार आयोगले निर्मलाको मेडिको रिर्पाेट तयार पार्ने डाक्टरबाट लापरवाही भएको निश्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको ६ महिनाअघि नै हो । आयोगको त्यो प्रतिवेदनबारे अनलाइनखबरमा सामाग्री छापिएपछि बल्ल सरकारी अधिकारीहरुले पढ्नु टीठलाग्दो विषय हो ।

मानव अधिकार आयोगले चारबुँदे सिफारिस र २४ बुँदे निर्देशनसहित मन्त्रिपरिषदलाई बुझाएको सो प्रतिवेदन पक्कै पनि मन्त्रिपरिषदबाट गृह मन्त्रालय र प्रहरी प्रमुखसम्म परिपत्र भएकै हुनुपर्ने हो । नभए, आयोगको वेबसाइटमा पनि त्यो सिफारिस पढ्न सकिने अवस्था छ ।

शुक्रबारको अन्तरक्रियामा आइजीपी खनालले अन्योल व्यक्त गर्दै भनेका थिए, ‘स्पष्ट के हो भने संगठन प्रमुखले गर्नुपर्ने विषयमा कहीँ पनि कमी गरिएको छैन । कुनै पनि ठाउँमा अनुसन्धानको विषय हामीले नै ग¥या छौं । अब गर्दै जाँदा यी कुराहरु आए अप्ठ्यारा । किन सकिनस् भन्नुभन्दा पनि अहिले आउँदा डाक्टरको विषय के के भनेर मैले अघि हेरिराखेको थिएँ ।’

महानिरीक्षक खनालले पत्रकार सम्मेलनमा यो पनि भने, ‘निर्मलाको मेरो पालामा भएको हो भने मैले लिनुपर्ने हो, लिन्छु भनिराखेको छु । मेरो प्रयास छ यसप्रति ।….अनुसन्धानको पाटोमा त हामीले भनेकै हो, अनुसन्धान गर्ने प्रहरीले नै हो, प्रहरी नै लाग्या छ ।’

तर, प्रहरी कसरी लाग्या छ, कसलाई अनुसन्धान अधिकृत तोकिएको छ र कोकोमाथि वयान लिइएको छ, यसबारे आइजीपीले केही बताएनन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले त झन मानवअधिकार आयोगको रिपोर्ट अहिलेसम्म पढेकै जस्तो देखिँदैन । गृहमन्त्रीले पढेको भए आयोगले यतिखेर आएर प्रतिवेदन कार्यान्वयन के भयो भनेर सरकारलाई सोध्नुपर्ने अवस्था आउने नै थिएन ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment