१२ वस्तुको एमआरपी अब भन्सारमै तोक्नुपर्ने : कुन–कुन वस्तु परे ?

१२ वस्तुको एमआरपी अब भन्सारमै तोक्नुपर्ने : कुन–कुन वस्तु परे ?

 

टिभी, क्यामेरा तथा सवारी साधन लगायत १२ वस्तुको एमआरपी अब भन्सार विन्दुमै तोक्नुपर्ने भएको छ । भन्सार विभागले यी वस्तुको आयात गर्दा भन्सार विन्दुमै एमआरपी तोक्नुपर्ने सूचना प्रकाशित गरेको छ ।

आर्थिक ऐन २०६८ को अनुसुचि एकको दफा १९ को उपदफा १६ र २०६८ कात्तिक २० को अर्थमन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार आयातकर्ताले भनसार विन्दुमै एमआरपी तोक्नुपर्ने विषयको सूची तयार पारेको थियो । सरकार अहिले त्यसलाई कार्यान्वयन गर्न अघि सरेको छ ।

विभागका अनुसार सबैप्रकारका टेलिभिजन, घरायसी एयर कण्डिसनर, घरायसी फ्रिज, वासिङ मेसिन, माइक्रो ओभन, सबै प्रकारका इनर्जी ड्रिङ्कस, मार्वल, ग्रेनाइट्स र टायन्स, कुकिङ रेञ्ज, चिम्नि, डिजिटल क्यामेर, भिडियो क्यामेर, सवारी साधनको एमआरपी आयातकर्ताले भन्सार विन्दुमै तोक्नुपर्नेछ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment