उडेको दुई मिनेटमै फेरी विमान दुर्घटना, १७ जनाको मृत्यु, प्रहरी घट्नास्थलतर्फ जाँदै

उडेको दुई मिनेटमै फेरी विमान दुर्घटना, १७ जनाको मृत्यु, प्रहरी घट्नास्थलतर्फ जाँदै

उडेको दुई मिनेटमै फेरी विमान दुर्घटना, १७ जनाको मृत्यु, प्रहरी घट्नास्थलतर्फ जाँदै

पछिल्लो समय देश भित्र होस या बाहिर हवाई यात्राका दुर्घटना बढीरहेका बेला रावलपिण्डीनजिकै फेरी सेनाको एउटा विमान दुर्घटना हुंदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । आवासीय क्षेत्रमा भएको दुर्घटनामा मृत्यु हुनेमा चालक दलका पाँच सदस्य र १२ सर्वसाधारण रहेको बताइएको छ । १२ जना घाइते भएका छन् । तालिमका लागि उडाइएको उक्त विमान दुर्घटनापछि त्यसमा आगो लागेको र केही घरहरूमा पनि आगो फैलिएको अधिकारीहरुले जनाएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । रावडपिण्डीमा पाकिस्तानी सेनाको मुख्यालय रहेको छ ।त्यस्तै ब्राजिलको पारा राज्यको एक जेलमा दुई गुटबीच भएको संघर्षमा कम्तीमा ५२ कैदीको मृत्यु भएको छ । अधिकारीकाअनुसार अल्टामीरा जेलमा करिब पाँच घण्टासम्म ग्याङ्गफाइट जारी रह्यो । स्थानीय मिडियामा प्रकाशित खबरका अनुसार एउटा स्थानमा कैद गरिएको ग्याङ्ग जेलको अन्य स्थानमा पुगेपछि संघर्ष सुरु भएको हो । अधिकारीका अनुसार मारिएका व्यक्तिमध्ये १६ जनाको शिर छेदन गरिएको छ । रिपोर्टका अनुसार जेलको एउटा भागमा आगोसमेत लगाइएको थियो र धुँवाका कारण थुप्रैको निसास्सिएर मृत्यु भयो ।कैदीले जेलका दुई अधिकारीलाई पनि बन्धक बनाएका थिए । रिपोर्टका अनुसार अब उनीहरुलाई छुटाइएको छ । हिंसाको सुरुवात स्थानीय समय अनुसार बिहान सात बजेको हो र संघर्षमाथि दिउँसोमात्र नियन्त्रण पाउन सकियो । ब्राजिलको मिडियामा जुन भिडियो देखाइएको छ, त्यसमा जेलको एक भवनबाट धुँवा निस्किरहेको देख्न सकिन्छ । अर्को भिडियोमा कैदी जेलको छतमा घुमिरहेको देख्न सकिन्छ । जेलमा जुन दुई ग्याङ्गबीच लडाईं भएको छ, अधिकारीले उनीहरुको नाम अहिलेसम्म सार्वजनिक गरेको छैन । ब्राजिलको जी१ समाचार संस्थाका अनुसार अल्टामीरको जुन जेलमा हिंसा भएको छ त्यहाँ २०० कैदीलाई राख्ने क्षमता छ तर त्यहाँ ३११ कैदी थिए । ब्राजिलको जेलमा हिंसाको घटना साधारण हो । देशको जेलमा करिब सात लाख मानिसहरु बन्द छन् । धेरैजसो जेलमा क्षमताभन्दा बढी कैदी छन् । विरोधी गुटबीच जेलमा संघर्षको खबर लगातार आइरहन्छन् । मे महिनामा एकैदिन देशका चार भिन्न–भिन्न जेलमा भएको संघर्षमा ४० जनाको हत्या भएको थियो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment