दुर्घटनामा पर्नुअघि समिक्षाले गाइन्–मैं मरे तिमीलाई कस्ले माया गर्छ !

दुर्घटनामा-पर्नुअघि-समिक्षाले-गाइन्–मैं-मरे-तिमीलाई-कस्ले-माया-गर्छ-!

 

मुटु माग्यौं तिमीले मैंले बाँच्नुपर्छ
मैं मरे तिमीलाई कस्ले माया गर्छ !
मर्नुनै रहेछ त समिक्षा सुवेदीले जीवनको अन्तिम क्षण हाँस्दै रमाउँदै र गाउँदै यो गीत गाइन् । अष्ट्रेलियाको मोनारो राजमार्गमा दुर्घटनामा परी ज्यान गुमाएकी समिक्षा सुवेदीले कारको अगाडि सिटमा बसेर लाइभ भिडियो यो गीत गाएको देखिन्छ ।

दुई नेपालीमध्ये समिक्षा सुवेदी कारको अगडिको सिटमा खुबै रमाउँदै गाइरहेको देखिन्छिन् । उनीसहित पाँचजना १२ साउनको विहान तीन बजे यात्राका क्रममा तिव्र गतिमा रहेको कारभित्र बसेर भिडियो समेत खिचेका छन् । फेसबुकमा उनीहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।
रमाउँदै साथीहरुसँग सेल्फी भिडियो खिचेको दृश्यमा उनीसँगै रहेका चारजना केटा साथीहरु पनि देखिन्छन् । सामाजिक सञ्जालमा पोष्ट गरिएको १० मिनेट लामो प्रत्यक्ष भिडियोमा समिक्षा निकै रमाएकी देखिन्छिन् । त्यसको केही समयमै स्थानीय समय अनुसार ३ बजेर ४० मिनेटमा सडकमा आएको जनावरलाई बचाउने क्रममा कार खसेर दर्जनौं पटक गुल्टिएर १६० मिटर टाढा रोक्कियो ।
यो पनि पढ्नुहोस्
यसरी भयो अष्ट्रेलियामा दुई नेपालीको ज्यान जानेगरी दुर्घटना
अष्ट्रेलियाली वन विरालोका कारण दैनिक दश लाख सरीसृप मारिन्छन् : अध्ययन
विश्वकप फुटबल : डिएगो कोस्टाको गोलमा स्पेन विजयी
कार्यस्थलमा हुने यौनजन्य क्रियाकलापको अनुसन्धान सुरु

भिडियोमा सिट बेल्ट बाँधेको देखिएपनि समिक्षा कसरी कारबाट खसिन् भन्ने प्रश्न उब्जिएको छ । दुखान्त घटनामा परी समिक्षाले ज्यान गुमाइन् । गोपाल भण्डारीको पनि ज्यान गयो ।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले दुर्घटनामा परी ज्यान गुमाउनेहरुमा २२ वर्षीया समिक्षा सुवेदी र गोपाल भण्डारी रहेको पुष्टि गरेको छ । दुवैजना सिड्नीको क्विन्सफोर्ड कलेजमा अध्ययनत थिए । गोपाल भण्डारी परिवारका एकमात्र छोरा हुन् । घाइतेहरुमध्ये कार चालक सागर भट्टराई र संगित देवकोटाको टाउकोमा चोट लागि क्यानबेरा अस्पतालमा उपचार भइरहेको नेपाली दुतावासले जनाएको छ । अश्विन कँडेल सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् ।

कारमा बस्ने अधिकांशले सिट बेल्ट नबाँधेको त्यहाँको प्रहरीलाई उदृत गर्दै अष्ट्रेलियाबाट प्रकाशित हुने क्यानबेरा टाइम्सले जनाएको छ । सिट बेल्ट बाँधेको भए बाँच्ने सम्भावना बढी हुन्थ्यो । बेल्ट नबाध्दा कारबाट उछिट्टिएको उल्लेख छ ।

अष्ट्रेलियास्थित नेपाली राजदूतावासले मृतकको शव जतिसक्दो छिटो नेपाल पठाइने जनाएको छ

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment