नुवाकोटको सरकारी कार्यालयमा बम वि’स्फोट, रौतहटमा आगजनी

नुवाकोटको सरकारी कार्यालयमा बम वि’स्फोट, रौतहटमा आगजनी

 

नुवाकोट र रौतहटका सरकारी कार्यालयमा अज्ञात समूहले बम वि’स्फोट तथा आगजनी गरेका छन् । नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा अज्ञात समूहले गएराति बम वि’स्फोट गराएका हुन् । वि’स्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेका छन् ।

ककनी गाउँपालिकाकी उपाध्यक्ष सीता खतिवडा लामाले बम वि’स्फोट भएको पुष्टि गर्दै वडा कार्यालयमा रहेका कागजपत्र, कम्प्युटरलगायतका महत्त्वपूर्ण सामग्री जलेको जानकारी दिइन् । बम वि’स्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्ममा लिएको छैन ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । त्यसैगरी, विप्लव समूहको बन्दको पूर्वसन्ध्यामा रौतहटको एक वडा कार्यालयमा पनि आगजनी भएको छ । चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे अज्ञात समूहले आगजनी गरेको हो ।
आगजनीबाट फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन् ।नुवाकोटमा जस्तै रौतहटमा पनि आगजनी गर्ने पक्षले अहिलेसम्म जिम्मा लिएको छैन ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment