गुल्मीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

गुल्मीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

खेतमा पानी लगाउने बिषयलाई लिएर भएको बिवादका क्रममा गुल्मीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका–३, नौघाटे खेतमा पानी लगाउने क्रममा भएको विवादमा ५० वर्षीय मोतीलाल कुमालको मृत्यु भएको हो ।
४५ वर्षीय लक्ष्मण कुमालले धारिलो हतियार प्रहार गर्दा मोतीलाल कुमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) दीपककुमार बस्नेतका अनुसार, बुधवार राति खेतमा पानी लगाउने क्रममा दुईबीच विवाद बढेपछि लक्ष्मणले मोतीलालमाथि खेतमै धारिलो हतियार प्रहार गरेका थिए । धारिलो हतियार प्रहारबाट उनको खेतमै मृत्यु भएको थियो ।

हत्यामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार, लक्ष्मणले हँसियाले प्रहार गरेर आफूले मोतीलालको ज्यान लिएको स्वीकारेका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment