विजुली बस किन्न सरकारले साझालाई दियो ३ अर्ब

विजुली बस किन्न सरकारले साझालाई दियो ३ अर्ब

 

सरकारले तीन सय वटा विद्युतीय बस खरिदका लागि साझा यातायातलाई ३ अर्ब रुपैयाँ उपलब्ध गराएको छ ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रकम हस्तान्तरण गरिएको औपचारिक जानकारी गराएका हुन् ।

असोज महिनाभित्र काठमाडौंसहित देशका विभिन्न भागमा विद्युतीय बस सञ्चालनमा ल्याउने लक्ष्य छ ।

कार्यक्रममा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सरकारले दिएको सो रकमबाट पारदर्शी ढंगले विद्युतीय बस खरिद गरी संचालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment