भालुको पित्तसहित दुई पक्राउ – दार्चुला प्रहरीले दुई जनालाई भालुको पित्तसहित आज पक्राउ गरेको छ ।
महाकाली नगरपालिका–४ बंगाबगडबाट हुम्ला जिल्ला साविकको डाडाफायाँ गाविस– ३ घर भई हाल भारतको धार्चुलामा बस्दै आएका २६वर्षीय रेकश शाही र दार्चुला जिल्ला व्याँस गाउँपालिका–६ का ३६ वर्षीय मानसिंह धामीलाई पक्राउ गरिएको प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
बिहान ७ बजे पक्राउ परेका दुवैै जनालाई पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक भानबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले बंगाबगडबाट पैदल हिँडिरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरुका साथबाट ८९६ ग्राम बराबरको भालुको पित्त बरामद गरेको छ ।
बरामद भएको भालुको पित्त तथा पक्राउ परेका अभियुक्तलाई चिकित्सा जाँच गराई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको उहाले जानकारी दिनुभयो
संम्बन्धित लिंक
कसरि पुगेका थिए श्री हनुमान जी लंका ?
खुशी काे खबर छोरी जन्मे वार्षिक रु १० हजार भत्ता