ट्रक चोरेर भागेका आरोपित झुण्डिए चर्चको झ्यालमा, प्रहरीले लट्ठीले ठटायो

ट्रक चोरेर भागेका आरोपित झुण्डिए चर्चको झ्यालमा, प्रहरीले लट्ठीले ठटायो

 

मेक्सिकोको पश्चिमी भागमा चर्चको झ्यालबाट हाम्फाल्न खोज्ने एक व्यक्ति तुर्लुंग झुण्डिएको अवस्थामा एक प्रहरीले लट्ठीले हिर्काएका छन् ।

सामाजिक सञ्जालमा मंगलवार पोस्ट गरिएको भिडियोमा प्रहरीले टोनालामा ट्रक चोरेर भागेका व्यक्तिको देब्रे गोडा समात्छन् ।

घटनापछि भीड जम्मा हुन्छ अनि अर्का प्रहरीलाई लट्ठी लिएर ट्रकचोरलाई पिट्न उक्साउँछ ।

आरोपितको नाम प्रहरीले खुलाएको छैन । ती आरोपितले पाँच वर्षकी बालिका सुतिरहेको फोर्ड रेन्जर पिकअप ट्रक गुडाएर गएका थिए ।

मेक्सिकोको पत्रिका मिलेनियोका अनुसार, बालिकाका चिन्तित मातापिताले तत्कालै प्रहरीलाई खबर गरेका थिए । प्रहरीले तत्कालै ट्रक भएको ठाउँ पत्ता लगायो ।

त्यसपछि प्रहरीले तीव्र गतिमा ट्रकको पिछा गर्‍यो । पछि दोबाटोमा च्यापिएपछि आरोपित ट्रकबाट हाम्फाले अनि स्थानीय चर्चमा प्रवेश गरे ।

चर्चभित्र आरोपित माथ्लो तल्लामा पुगे अनि झ्यालबाट हाम्फाल्ने धम्की दिए ।

प्रहरीहरूले आरोपितको दाहिने गोडामा डोरी बाँध्न सफल भए ।

भिडियोमा एकजनाले आरोपितको गोडा समातेको अनि प्रहरीले आरोपितलाई लट्ठीले कुटेको देख्न सकिन्छ ।

प्रहरीले अन्ततोगत्वा आरोपितलाई पक्राउ गर्न सफल भयो । बालिकालाई कुनै चोटपटक लागेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment