कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि आक्रमण भएको छ।
शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ।
वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा जाने क्रममा वडा नं. ३ सुसरीया पुल नजिकै गोली प्रहार भएको हो।
यादव तत्कालीन नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उमेदवार थिए। देब्रे पाखुरामा गोली लागेका उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
सोही गाउँपालिकामा नेकपाका नेता दीपेन्द्र चौधरी (राजाबावु)को गोली हानी हत्या भएको थियो।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्