‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् १ लाख ७६ हजारलाई राेजगारी, ‌औसत १३ दिनकाे काम

‘प्रधानमन्त्री-रोजगार-कार्यक्रम’-मार्फत्-१-लाख-७६-हजारलाई-राेजगारी,-‌औसत-१३-दिनकाे-काम

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ मार्फत् १ लाख ७६ हजारलाई राेजगारी, ‌औसत १३ दिनकाे काम

सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत असार १५ गतेसम्म झण्डै १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो । यसरी राेजगारी पाउनेहरुले ‌‍‍‍‌औसत १३ दिनकाे काम पाएकाे पनि मन्त्रालयले जनाएकाे छ ।

सबै पालिकामा ६ हजार ८ सय ६४ आयोजना सञ्चालन गरी गरिबीको चपेटामा परेका झण्डै १ लाख ७६ हजार जना बेरोजगारलाई रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले बताउनु भयो । उहाँले बजेट कम भए पनि इतिहासमै पहिलो पटक सरकारले काम गरेर गरिखाने ऐतिहासिक काम सुरु गरेको भन्दै सरकारलाई त्यसमा गर्व लागेको बताउनुभयाे ।

सरकारले गएको आर्थिक वर्षका लागि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत सबै पालिकाका लागि २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । थोरै बजेटबाट पनि विभिन्न आयोजनाहरु सञ्चालन गरी सरकारले गरिब समुदायका युवालाई रोजगारी दिने काम गरेकोमा गौरवको अनुभूति गरिरहेको पनि मन्त्री विष्टको भनाइ छ ।

मन्त्री विष्टले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लागू गर्न सरकारले ८६ ओटा प्रक्रिया पूरा गरेको पनि स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको दावी गर्नुभयो ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment