फेवातालमा युवकको भेटियो शव, पौडी खेल्न नजान्दा डुबेको अनुमान

फेवातालमा युवकको भेटियो शव, पौडी खेल्न नजान्दा डुबेको अनुमान

फेवातालमा युवकको भेटियो शव, पौडी खेल्न नजान्दा डुबेको अनुमान

पोखराको फेवातालमा बिहिबार बिहान शव फेला परेको छ । वडा प्रहरी कार्यालय बैदामबाट घटना स्थलमा खटीएका प्रहरी निरीक्षक विजय भण्डारीका अनुसार पोखरा ६ खहरे खपौंदी क्षेत्रमा एक पुरुष मृत भेटिएका हुन् ।

अन्दाजी ३५ वर्षका उक्त पुरुषको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । ‘शव दुई दिन जत्तिको हुनसक्छ । भित्री बस्त्र मात्र लगाएको अवस्थामा भेटिएकाले पौडी खेल्न जाँदा डुबेको अनुमान गरेका छौं प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए ।

स्थानीयले हिजोसम्म किनारमा कपडा देखेका पनि भनेका छन् । शरीरमा अन्य चोटपटक नभएको हुनाले पौडी खेल्न जाँदा नै डुबेको जस्तो छ । पोष्टमार्टम गरेपछि नै के भएको हो भन्ने थाहा हुन्छ ।’ भण्डारीले जानकारी दीए ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment