गाईघाटमा भारतीय ‘चोर’को बिगबिगी

गाईघाटमा भारतीय 'चोर'को बिगबिगी

गाईघाटमा भारतीय ‘चोर’को बिगबिगी

उदयपुरको गाईघाटमा विगतका दिनमा श्रृंखलाबद्ध चोरी गर्ने गिरोह भारतीय नागरिकको समूह रहेको रहस्य खुलेको छ। गएको २०७५ साउत १ गते राति त्रियुगा नगरपालिका ११ गाईघाटको बिपी चोकमा रहेको काश्य मोबाइल पसलबाट ३९ लाख ८३ हजार एसय ५३ रुपैयाँ मूल्य मोबाइल चोरी गर्ने गिरोह पक्राउ परेपछि श्रृंखलाबद्ध चोरी गर्ने गिरोह नै भारतीय नागरिकको समूह रहेको रहस्य खुलेको हो। जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीका अनुसार चोरका नाइके मानिने भारत मोतिहारी जिल्ला झारौखर थाना, विजावती पञ्चायत-११ अठमोहान बस्ने ३२ वर्षीय सुरेश साहको समूह रहेको रहस्य खुलेको हो। ‘काश्य मोबाइलमा ठूलो परिमाणमा लाखौँ मूल्य पर्ने मोबाइल चोरी भएको थियो,’ डिएसपी केसीले भने, ‘चोरहरूको खोजी गर्ने क्रममा भारतीय चोरहरूको समूह रहेको भेटिएको छ।’ यसैगरी साहसँगै जावेद आलम, भाग अन्सारी, अंगेश कुमार, नईम आलम, भोला सहनी, सन्जय सहनी, फर्याज आलमसहितको भारतीय नागरिकको चोरी गर्ने समूह रहेको अनुसन्धानबाट खुलेको डिएसपी केसीले बताए। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीरबहादुर बुढामगरले बुधबार पक्राउ परेका सुरेश साहलाई अनुसन्धानपश्चात उदयपुर जिल्ला अदालतमा बिहीबार उपस्थिति गराइएको बताए। ‘साह चोरका नाइके भएको पाइएको छ,’ उनले भने, ‘अदालतले ५ लाख धरौटी मागेको थियो, धरौटीबजोजिम रकम तिर्न नसकेपछि साहलाई पुर्पक्षको लागि जिल्ला कारागार उदयपुर चलान गरिएको छ।’ यस्तै, अपरिचत समूहले नै बैंक लाइनको चुरिया सप्लार्य एण्ड ट्रेडर्स आइएमईमा पनि चोरी गरेको थियो। काश्यप मोबाइल चोरी गरेलगतै गोरखामा सुन चोरेको आरोपमा साह पक्राउ परेका थिए। पक्राउ परेका साहलाई गोरखा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा उदयपुरको काश्यप मोबाइल पसल चोरी गरेको रहस्य खुलेको प्रहरीले जानकारी दिएको छ। गोरखा कारागार चलान भएकै अवस्थामा उदयपुरमा मोबाइल चोरीको आरोपमा अनुसन्धान गर्नुपर्ने भएकोले उदयपुरमा झिकाई अनुसन्धान सुरु गरेको एसपी बुढामगरले जानकारी दिए। चोरी गर्नेहरूमा भारतकै जावेद आलम, भाग अन्सारी, अंगेश कुमार, नईम आलम, भोला सहनी, संजय सहनी, फर्याज आलमसमेत रहेको अनुसन्धानबाट खुलेको र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। त्रियुगा नगर प्रहरीको आवतजावत हुने ठाउँ नगर प्रहरी चौकीदेखि करिव ढेड सय मिटरको फरकमा रहेको कश्यप मोबाइल पसलमा फोडेका थिए। गएको आर्थिक वर्ष ०७५/०७६ मा १५ वटा चोरीका निवेदन जिल्ला प्रहरी कार्यालयमा परेका छन। यसैगरी आर्थिक वर्ष ०७४/०७५ मा २२ मा चोरीका उजरी प्रहरीमा परेका थिए। प्रहरीका अनुसार चोरीका अधिकांस उजुरीमा चोरी गर्ने गिरोह भरतीय समूह रहेको छ। गाईघाटमा चोरी गर्ने भारत भाग्ने गरेकाले कमै मात्रमा पक्राउ पर्ने गरेको प्रहरीको भनाइ छ

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment