मानिसको दिमागमा चलिरहेको कुरा पढ्न सक्ने ग्याजेट बन्यो

मानिसको दिमागमा चलिरहेको कुरा पढ्न सक्ने ग्याजेट बन्यो

मानिसको दिमागमा चलिरहेको कुरा पढ्न सक्ने ग्याजेट बन्यो

मनमा उठेको कुरा पढ्न सक्ने एउटा ग्याजेट वैज्ञानिकहरूले बनाएका छन् । उक्त ग्याजेटले मस्तिष्कको गतिविधिको व्याख्या गर्छ र शब्द बोल्नुअघि नै के भन्न लाग्नुभएको त्यो बताइदिन्छ । यसले भन्न खोजेको कुराको स्क्रिप्ट पनि तत्कालै प्रकाशित गरिदिन्छ ।

फेसबूकले लगानी गरेको परियोजनामा आबद्ध विज्ञहरूले केही कुरा सुनिरहेका तथा प्रश्नको उत्तर दिइरहेका व्यक्तिको मस्तिष्कको स्क्यान गरेर त्यहाँ हुने गतिविधिका आधारमा शब्द पत्ता लगाउने प्रणाली विकसित गरेका छन् ।

न्युरल डिकोडर नाम दिइएको यो यन्त्रलाई अन्तिम रूप दिइएपछि बोल्न नसक्ने व्यक्तिले प्रयोग गर्न सक्नेछन् ।

क्यालिफोर्निया विश्वविद्यालयका स्नायुचिकित्सक एडवर्ड चाङ र उनका सहकर्मीहरूले छारेरोगको उपचार गराइरहेका तीनजना रोगीको मस्तिष्कको कोर्टिकल गतिविधि रेकर्ड गरेका थिए ।

अनुसन्धानमा भाग लिएका प्रत्येक सहभागीले प्रश्नका शृंखला सुने र पहिलेदेखि नै स्थापित उत्तरहरूको शृंखला प्रयोग गरेर प्रतिक्रिया दिए ।

यसरी अनुसन्धानकर्ताहरूले नबोलिएका र बोलिएका दुवै बोलीसँग मेल खाने मस्तिष्कको गतिविधिको डेटा जम्मा गरे ।

डा चाङ र उनका सहकर्मीहरूले बोलेको वाणीलाई ६१ र सुनेकोलाई ७६ प्रतिशत सही डिकोड गरे ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment