चीन र रुसबीच अन्तर्देशीय केबलकार शुरू हुँदै, ८ मिनेटमा एकबाट अर्को देश पुगिने

चीन र रुसबीच अन्तर्देशीय केबलकार शुरू हुँदै, ८ मिनेटमा एकबाट अर्को देश पुगिने

 

चीन र रुसका पर्यटकहरूले केबलकारमार्फत अन्तर्राष्ट्रिय भ्रमण गर्न सक्ने भएका छन् ।

योजनाअनुसार, केबलकार चीनको पूर्वोत्तरमा रहेको हेइहे शहरबाट रुसको ब्लागोवेशचेन्स्कसम्म जानेछ । केबलकारबाट मानिसहरूले सीमामा रहेको आमुर नदीको दृश्य पनि देख्न पाउनेछन् । यो नदी जाडोमा पूरै जम्ने गरेको छ ।

केबलकारमा चारवटा मात्र क्याबिन हुनेछन् । यसमा एकचोटिमा ६० यात्रु र उनीहरूको सरसामान लान मिल्नेछ । केबलकार हरेक १५ मिनेटमा उपलब्ध हुनेछ ।

केबलकारमार्फत एक शहरबाट अर्को शहर पुग्न जम्मा आठ मिनेट लाग्नेछ ।

दुई देशले यो परियोजना सन् २०२० मा शुरू गर्नेछन् । यसलाई रुसको शहरी योजना कन्सल्टेन्सी स्ट्रेल्का केबीले तयार गर्दैछ । अन्य देशका यात्रुहरू पनि केबलकार सुविधाको आनन्द उठाउन रुस पुग्ने अपेक्षा छ ।

चीनका तर्फबाट केबलकार टर्मिनलका निर्माताहरूको नाम घोषणा गरिएको छैन ।

टर्मिनलमा यात्रीहरूलाई मनोरम दृश्य देखाउनका लागि टेरेस, रेस्टुराँ र स्काई गार्डन पनि बनाइनेछ ।

रुसी टर्मिनलको डिजाइन एम्सटर्ड्यामस्थित यूएन स्टुडियोले बनाएको हो । स्टुडियोका संस्थापक बेन वान बर्केलका अनुसार, केबलकारले दुई देश जोडेको यो पहिलो अवसर हुनेछ । यात्रीहरूका लागि यो नयाँ सार्वजनिक परिवहन हुनेछ । यूएन स्टुडियोले यसअघि स्विडेन, गोथेनबर्ग र नेदरल्यान्ड्समा केबलकार टर्मिनल डिजाइन गरिसकेको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment