बुटवल बसपार्कमा बसको छतमा शव भेटियो

बुटवल बसपार्कमा बसको छतमा शव भेटियो

बुटवल बसपार्कमा बसको छतमा शव भेटियो

बुटवलको नयाँ बसपार्कमा बसको छतमा शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा भेटिएको हो ।

पार्किङ गरिराखेको बसको छतमा आंशिक सडेको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए ।

मृतक थापा बसपार्कमा यात्रुहरुलाई बोलाएर बसमा चढाउन सघाउने काम गर्दै आएका व्यक्ति भएको प्रहरीले बताएको छ । घटनाका थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment