जम्मू–कश्मिरमा त्रास, कारगिल युद्धका बेला भन्दा पनि बढी

जम्मू–कश्मिरमा-त्रास,-कारगिल-युद्धका-बेला-भन्दा-पनि-बढी

जम्मू–कश्मिरमा त्रास, कारगिल युद्धका बेला भन्दा पनि बढीभारत प्रशासित जम्मू–कश्मीरको अवस्था सन् १९९० को दशकको भन्दा पनि खराब अवस्था रहेको स्थानीय नेताले बताएका छन् । स्थानीय बासिन्दामा डर र त्रासको अवस्था छ ।

कश्मीर सरकारले चरमपन्थी आक्रमणको आशंका रहेको भन्दै सुरक्षा सतर्कता जारी गरेपछि डरको अवस्था सिर्जना भएको क्षेत्रीय राजनीतिक दल र विपक्षी कांग्रेसले बताएका छन् ।

कांग्रेस नेता गुलाम नबी आजादका अनुसार कश्मीरमा अहिलेको जस्तो अवस्था आफूले यसअघि कहिले नदेखेको बताएका छन् । उनले भनेका छन्, ‘अहिलेको अवस्थाले सन् १९९० को दशकको सम्झना गराएको छ ।’

केही दिनयता कश्मीरमा सुरक्षाकर्मीको तैनाथी बढेको छ, जसले गर्दा स्थानीय बासिन्दा त्रसित भएको उनले बताएका छन् ।

प्रशासनले अमरनाथ यात्रामा रहेका हिन्दु तिर्थयात्री तथा पर्यटकलाई लक्षित गरी चरमपन्थी आक्रमणको जोखिम रहेको भन्दै सुरक्षा सतर्कता जारी गरेपछि पर्यटक तथा तिर्थयात्री फर्किरहेका छन् । तर स्थानीय बासिन्दाहरुमा भने त्रासको अवस्थामा बसिरहेका छन् । उनीहरुले अत्यावश्यक सामग्रीहरुको जोही गरिरहेका छन् ।

हालको अवस्थाबारे जम्मू–कश्मीरका क्षेत्रीय दलहरु नेशनल कन्फ्रेन्स र पिपुल्स डेमोक्र्याटिक पार्टीका नेताहरुले स्पष्ट रुपमा चिन्ता व्यक्त गरिसकेका छन् ।

यसअघि शुक्रबार राज्यकी पूर्व मुख्यमन्त्री महबुबा मुफ्तीले अहिले कश्मीरका बासिन्दामा देखिएको डरको अवस्था जस्तो कहिले नदेखिएको बताएकी थिइन् ।

कारगिल युद्धको समयमा भन्दा पनि अहिले डरको अवस्था देखिएको कांग्रेससहितका पार्टीका नेताहरुले बताएका छन् ।

राज्यका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले कश्मीरको अवस्थामा केन्द्र सरकार जिम्मेवार रहेको र उसले जवाफ दिनु पर्ने बताएका छन् ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment