कुवेतमा बङ्लादेशी नागरिकसँग लिभिङ टुगेदरमा बसेकी नेपाली महिलाको मृत्यु, हत्या गरिएको आशंका

कुवेतमा बङ्लादेशी नागरिकसँग लिभिङ टुगेदरमा बसेकी नेपाली महिलाको मृत्यु, हत्या गरिएको

 

कुवेत, अगष्ट ५- कुवेतमा नेपाली महिला घरेलु कामदारको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुने ०७६०३७१ नम्बरको नेपाली राहदानी वाहक ४२ बर्षिया मिनादेवी सार्की रहेको खुलेको छ।

मिनादेवी बङ्लादेशी नागरिकसंग अवैध रुपमा लिभिङ टुगेदर रिलेशनमा रहेको र नेपाली महिलाको मृत्युपश्चात उनी फरार रहेकोले उनले नै हत्या गरेको आशंका गरिएको छ।

घरेलु कामदार भएपनि मिना फर्वानिया ब्लक-३ स्थित आवासीय अपार्टमेन्टमा बंगलादेशी नागरिकसँग बस्दै आएकी थिइन् । प्राप्त जानकारी अनुसार उनी सँगै बस्ने बंगलादेशी नागरिक फरार छन् भने फ्ल्याट धनीले प्रहरीलाइ खबर गरेपछि प्रहरीले मृतकको शरीर पोष्टमार्टम लगायतका फरेन्सिक परिक्षणको लागि लगिसकेको छ ।

नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिव जानकी ओझाले मृत्युको सम्बन्धमा प्रारम्भिक जानकारी पाएको तर हत्या वा मृत्यु के हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताइन् । उनले भनिन्, “कानूनी प्रकृया पश्चात पोष्टमार्टम रिपोर्ट र फरेन्सिक रिपोर्ट प्राप्त भएपछि जानकारी हुन्छ। त्यसपछी सम्पुर्ण कागजात प्राप्त भएपछि मृतकको नेपालको घर ठेगाना पत्ता लगाइ जति सक्दो छिटो प्रकृया पुरा गरी शब नेपाल पठाउन पहल गर्नेछौँ।”

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment