ब्राजिलको रियो द जेनेरियोमा एक गुण्डानाइकेले जेलबाट भाग्नको लागि आफ्नी छोरीको रुप धारण गरे । तर, एउटा चुकका कारण उनी भाग्न सकेनन् र पुनः पक्राउ परे । ४१ वर्षका क्लोभिनो डा सिल्भा अहिले रियोको जेलमा बन्द छन् ।सिल्भाकी १९ वर्षकी छोरी उनलाई भेट्न जेलमा आएकी थिइन् । यही दौरान ल्भिाले सिलिकनको गर्ल मास्क लगाए । कपालमा विग पनि लगाए ।
उनी जेलमा छोरीलाई छोडेर फरार हुनेवाला थिए तर पक्राउ परे । जेलका सेक्रेटरीका अनुसार सिल्भाले टिशर्ट लगाए लामो कपाल बनाए, टाइट जिन्स र सेतो स्याण्डल लगाए । कोट र चश्मा पनि लगाए । सिल्भा पूर्णरुपमा युवतीजस्तै देखिएका थिए । जेलबाट बाहिर निस्किएपछि उनी सबैतिरबाट युवती देखिन्थे तर पुरुषजस्तै हिँडिरहेका थिए । चालबाट पोल खुलेपछि उनलाई पुनः समातियो ।
तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्