नेपालीको हत्या गर्ने भारतीय समूहकाे याेजना असफल, तीन जना पक्राउ

नेपालीको हत्या गर्ने भारतीय समूहकाे याेजना असफल, तीन जना पक्राउ

 

प्रहरीले नेपाली व्यक्तिको हत्या गर्न भारतीय नागरिकले परिचालन गरेका तीन जनालाई पक्राउ गरेको छ। विराटनगर ८ मा बस्दै आएका जितेन्द्र रायको हत्या गर्न भारतीयबाट परिचालित भएका सर्लाहीका हरिनारायण झा र भारत सीतामढीका राकेश झालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरु तीन महिनादेखि रायको हत्याका लागि परिचालित भएका थिए। माेरङका डीएसपी राजकुमार खिउजुका अनुसार रायलाई मार्ने उद्देश्यले नेपाल आएका भारतीय नागरिक कुनाल कुमारलाई गत जेठ २७ मा दुई थान स्वचालित पेस्तोलसहित पक्राउ गरिएको थियो। सो क्रममा चार थान म्यागजिन र आठ राउन्ड गोली समेत सो क्रममा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बरामद गरेको थियो। कुनाल आफ्ना साथी राजकुमारसँगै नेपाल आएका थिए।

उनीहरुले नै रायको हत्या गर्ने योजनाअनुसार हरिनारायण झा र राकेश झालाई परिचालन गरेको डीएसपी खिउजुले बताए। प्रहरीले भारतीय हत्या योजना असफल भएको खिउजुले बताए। पक्राउ परेका राजकुमारसँगै दुवै जनालाई जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले पेस गरेको छ।

उनीहरुविरुद्ध हातहतियार तथा खर खजाना ऐन तथा संगठित अपराध ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।

पक्राउ परेका कुनालबाहेक अरू सबै नेपाली भएकाे डीएसपी खिउजुले जानकारी दिए।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment