नङ फुल्दा नयाँ लुगा आउने होइन , रोग आउने गर्दछ – जान्नुहोस्

नङ फुल्दा नयाँ लुगा आउने होइन , रोग आउने गर्दछ – जान्नुहोस्

नङ फुल्दा नयाँ लुगा आउने होइन , रोग आउने गर्दछ – जान्नुहोस्
नङमा सेतो धर्सा बसेमा हामी त्यसलाई नङ फुलेको भन्छौँ । बच्चाबेलामा यसरी नङ फुल्दा नयाँ तथा राम्रो लुगा पाइन्छ भनेर निकै खुशी हुने गरिन्थ्यो ।

तर, नङ फुलेमा वा नङको रङ परिवर्तन भएमा आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा यसलाई स्वास्थ्यसँग जोडिएको समस्याको रुपमा लिइने गरिन्छ । नङ फुल्नु स्वास्थ्यको दृष्टिले राम्रो मानिन्दैन ।

नङ विभिन्न स्वास्थ्य कारणले फुल्ने गर्छ । नङमा सेतो दाग देखिनु विज्ञानको भाषामा ल्युकोनाकिया भएको वा म्युरेक्स लाइन भनिने गरिन्छ । नङको तल्लो भागमा चोट लागेमा वा नङ थिचिएमा नङमा सेतो दाग देखिन थाल्छ ।

ढोकामा वा ढुंगामा नङ ठोकिदा वा च्याप्दा सेतो दागहरु आउन थाल्छ । मानिसको शरीरमा जिंक, प्रोटिन तथा क्याल्सियमको कमिका कारण नङमा सेतो धर्सा वा दाग देखिन थाल्छ ।

जिंक, प्रोटिन तथा क्याल्सियम प्राप्त हुने सन्तुलित भोजन खाएमा यस्तो समस्याबाट मुक्ती पाउन सकिन्छ । दैनिक खाने भोजनमा गेडागुडी, कार्बोहाइड्रेड, पोर्क, नट, सुन्तलाको जुस, दुध लगायत खानेकुरालाई समावेश गरेमा पोषणको मात्रा शरीरमा सामान्य अवस्थामा आएमा म्युरेक्स लाइन आफै हराउन थाल्छ । नङ फुल्नु शरीरमा भएको केही गम्भीर रोगको लक्षण समेत हुन सक्छ ।

केहि दिनमै नङको सेतो दाग हराएमा चिन्ता लिनु पर्दैन । तर, यस्तो दाग लामो समयसम्म देखिएमा तत्काल चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । धेरै नङ फुलेमा यसले लिभर, हेपाटाइटिस, किड्नी, एनेमिया लगायतका गम्भीर रोगका लक्षण समेत हुने पाइएको छ ।

साथै, नङ पोलिसको एलर्जीका कारण पनि नङमा सेतो दाग आउने गर्छ । नङ पालिसमा हुने विभिन्न रसायनका कारण नङको भित्री भागमा असर गर्ने हुन्छ जसकारण सेतो दाग आउन सक्छ ।

यदि गम्भीर रोगको लक्षण नभएमा नङमा भएको दागलाई हटाउने सरल उपायहरु छन् । यस्तो समस्या हुदा भिटामिन ई वा बडी लोसनले हातलाई मोश्चराइज गर्नु पर्छ ।
मोश्चराइजर प्रयोग गर्दा नङको छालामा पनि छुने गरि प्रयोग गर्नु पर्छ । क्याल्सियम, प्रोटिन, जिंक युक्त प्रसस्त खानेकुरा खाने गर्दा पनि केहि हद सम्म नङ फुल्ने समस्याबाट समाधान पाउन सकिन्छ ।

थप जानकारीः

तपाईको नङ सेतो भएर फुलेको छ ? रहनुहोस् सावधान
हातखुट्टाका नङको रङले मानिसको शारीरिक एवं मानसिक स्वास्थ्यका बारेमा पूर्ण जानकारी गराउँछ । नङमा देखिने सेतो दाग, गुलाबीपन या धर्सो हुनुको अर्थ हो । शरीरमा कतै कुनै गम्भीर प्रकृतिको रोग अदृश्य रूपमा पलाइरहेको छ ।

कलेजो, मुटु, फोक्सो, छाला एवं मानसिक स्वास्थ्य समस्या छ भन्ने कुराको प्रमाण व्याक्तिको नङबाट थाहा हुन्छ । नङको काम हातखुट्टाका औंलाको सौन्दर्य बढाउनुमात्र होइन, यसले शरीरभित्र गुप्त रूपमा रहेका रोगहरूका बारेमा पनि संकेत दिन्छ ।

शरीरभित्र कुनै अंगप्रत्यंगमा के कस्तो किसिमको खराबी छ, या हुने सम्भावना छ भनेर नङले आफ्नो आकार, प्रकार र रङ परिवर्तन, पातलो, मोटोखस्रो, खिएको, टुटेको, फुटेको, धर्सो आदिजस्ता परिवर्तनको माध्यमले जानकारी दिन्छ ।

जसरी कुनै बिरामीको रोग पत्ता लागाउन आवश्यकतानुसार उसको एक्स–रे, ईसीजी, इलेक्ट्कार्डियोग्राम, दिसा, पिसाब, खकार, रगतलगायतको जाँच गराइन्छ ।

जाँचका क्रममा चिकित्सकद्वारा रोगीको अब्जर्वेसन गर्नुका साथै उसको शारीरिक परीक्षण गर्ने क्रममा रोगीको हातखुट्टाका औंलाहरूको पनि निरीक्षण गरिन्छ । यसबाट पनि रोगको निदानमा थप मद्दत मिल्छ ।

व्यक्तिको नङले पनि रोग निदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ । आधुनिक चिकित्सा विज्ञान (एलोप्याथिक)ले व्यक्तिको नङलाई रोग निदानबाहेक अन्य महत्त्व दिँदैन भने आयुर्वेदिक, होमियोप्याथिक, युनानी, आमची तथा अन्य वैकल्पिक चिकित्सा पद्धतिहरूमा बिरामीको नङको रङ परिवर्तन हुनुलाई विशेष महत्त्व दिइन्छ ।

तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment