थुनुवा भेट्न गएका व्यक्ति आफैं थुनिए………

थुनुवा भेट्न गएका व्यक्ति आफैं थुनिए

 

झापामा थुनुवा भेट्न पुगेका एक व्यक्ति आफैं प्रहरीको फन्दामा परेका छन् । झापाको ईलाका प्रहरी कार्यालय अनारमनीमा थुनुवा भेट्न आएका बिर्तामोड नगरपालिका–१ का २४ वर्षीय विशाल शाक्यलाई जाँच गर्ने क्रममा लागु औषध फेला परेपछी प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

थुनुवा भेट्न गएकाे शाक्यको साथबाट १ थान ब्लेड, ०.१७ मिलिग्राम ब्राउन सुगर र ०.६९ मिलिग्राम गाँजा फेला पारेपछी नियन्त्रणमा लिइएको प्रहरीले बताएकाे छ । लागुऔषधसहित पक्राउ परेका शाक्यलाई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment