आफ्नै प्रस्तावमा चेल्सी छाडेर आर्सनल गए लुइज

आफ्नै प्रस्तावमा चेल्सी छाडेर आर्सनल गए लुइज

इंग्लिस क्लब चेल्सीका डिफेन्डर डेभिड लुइज आर्सनल गएका छन् । लुइजलाई आर्सनलले ८ मिलियन पाउण्डमा दुई वर्षका लागि भित्र्याएको हो ।

३२ वर्षका ब्राजिलियन खेलाडी लुइजले गएको मे महिनामा चेल्सीसँग थप दुई वर्षको सम्झौता गरेका थिए । तर उनले आफै नै आर्सनल जाने इच्छा देखाएर कुराकानी गरेपछि आर्सनलले उनलाई स्वीकारेको हो । आर्सनलमा उनको मेडिकल जाँच बिहीबार नै हुँदै छ ।

मंगलबार आर्सनलले डिफेन्डर लोरेन्टलाई फ्रेन्च क्लब बोर्डेअक्समा पाँच मिलियन युरोमा बेचेको थियो । यसले लुइजलाई भित्र्याउन सहज भएको हो ।

आफैले प्रस्ताव गरेर लुइज आर्सनल पुगेको खबरले प्रिमियर लिगमा नौलो ट्रान्सफर देखिएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment