जन्मेको ४ घण्टामै शिशु चोरी गर्ने महिला कारागार चलान

जन्मेको ४ घण्टामै शिशु चोरी गर्ने महिला कारागार चलान

पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट शिशु चोरेको अभियोग लागेकी स्याङ्जा गल्याङ नगरपालीका–५ की विमकला पाण्डे पुर्पक्षको लागि कारागार चलान भएकी छन् ।

जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्क बहादुर केसीको इजलाशले विहीबार पुर्पक्षको लागि कारागार चलान गरेको श्रेस्तेदार कृष्णमुरारी सिग्देलले बताए । थुनछेक बहस अन्तर्गत उनलाई कारागार चलान गर्ने आदेश भएको हो

श्रेस्तेदार सिग्देलका अनुसार अभियुक्त पाण्डेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा थप अनुसन्धान हुनेछ । गत असार २७ गते शुक्रबार तानसेन नगरपालिका–९ सन्ढापकी २२ वर्षीया जमुना रानाबाट जन्मिएको शिशु चार घण्टामै हराएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाको नेतृत्वमा गएको प्रहरीको टोलीले ४० वर्षीया अभियुक्त पाण्डेलाई गत असार २८ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मिर्मीबाट शिशुसहित पक्राउ गरेको थियो ।

पहिलो श्रीमानको निधन भएपछि अभियुक्त पाण्डेले अर्को पुरुषसँग विवाह गरेकी थिइन् । वैदेशीक रोजगारमा रहेको पछिल्लो श्रीमानसँगको सम्बन्ध मजवुत बनाउन छोराको आवश्यक ठानी उनले अर्काको शिशु चोरेको बयान दिएको प्रहरीले जनाएको छ ।

तपाइलाइ याे कस्ताे लाग्याे कमेन्ट गर्नहाेस् तपाइकाे कमेन्टकाे मुल्याङ्कन सबैले गर्नेछन्

Related posts

Leave a Comment